सहिद स्मृति भवनको सिलान्यास
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा निर्माण गर्न लागिएको सहिद स्मृति भवनको सिलान्यास गरिएको छ ।
खार्पा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन
खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी भवनको उद्घाटन गरिएको छ ।
जिल्ला अस्पताल बैतडीमा प्रसुति सेवा पुनः सुचारु
अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
मुक्तिनाथ मन्दिरको खातामा साढे ९ करोड बढी भेटी
"नगद रसिद र दानपेटिकाको भेटीलाई बैंकमा जम्मा गरिन्छ, कर्मचारीको तलबसुविधा र आवश्यक क्षेत्रमा खर्च हुन्छ," सदस्य सचिव अर्यालले भन्नुभयो ।
सुख्खा बन्दरगाह भन्सारद्वारा ३२ अर्बभन्दा बढी राजस्व असुली
वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
माओवादी बिना संविधान संशोधन असम्भव : महासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी केन्द्र बिना संविधान संशोधन गर्ने कुरा असम्भव रहेको बताउनुभएको छ ।
माओवादी केन्द्र फक्ताङ्लुङ अध्यक्षमा लिम्बू चयन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी अध्यक्षमा राजन लिम्बू (मुक्ति) निर्वाचित हुनुभएको छ ।
मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण
दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो ।
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण
बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कालिगण्डकी कोरिडोर : पर्वत बेनी खण्ड सडक निर्माण अवरुद्ध
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाको निर्माणाधीन माढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत पर्ने पर्वत बेनीमा सडक विस्तारमा स्थानीयवासीहरुले अवरोध सिर्जना गरेका छन् ।
सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी
जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।
किरात सिरिजङ्गा लिपि प्रशिक्षण सुरु
धरान उपमहानगरपालिकामा ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण सुरु भएको छ ।
झापाको दमक ३ दुम्सेमा रेबिजको प्रकोप
दमक ३ का मान बहादुर कुरुम्बाङको एउटा गाई, मनमाया राईले पालेको गोरु लगायतका पशुचौपायाहरुको मृत्यु भएको हो ।
डढेलो नियन्त्रण गर्न सचेतना
बढ्दो डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह कार्यक्रम आयोजना गरिएको छ ।
पर्यटकको रोजाइमा भुल्के
खोलाको बगर, एकान्त, फाँट क्षेत्र, पानीको ठुलो मूल, मूलबाट बगेको पानी र जमेका पोखरी, पोखरीमा पौडी खेल्नेको भिडभाड । यो पाख्रीबास नगरपालिका–८ र १० को सीमा क्षेत्रमा रहेको भुल्केमा पछिल्लो समय देखिएको रौनक हो ।
सोह्र क्विन्टल गाँजा बरामद
झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरी बलको वराह बाहिनी मुख्यालयको टोलीले १६ क्विन्टलभन्दा बढी गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुई जना पक्राउ परेका छन् ।
हुलाकी लोकमार्ग : एक दशकदेखि निर्माण अलपत्र
हुलाकी लोकमार्गमा पुल तथा सडक निर्माणको काम एक दशकदेखि अलपत्र अवस्थामा छ ।
बसपार्क सञ्चालन नहुँदा दुर्घटनाको जोखिम
स्तरोन्नति भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि पूर्वपश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गको चन्द्रनिगाहपुर चोकमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको सम्भावना अधिक रहेको छ ।
चीनको लुजाउ र पोखराबिच मितेरी सम्बन्ध
हावापानी, मौसम र प्राकृतिक वातावरणबिच समानता भएको चीनको लुजाउ र पोखरा नगरबिच मितेरी सम्बन्ध स्थापित हुने भएको छ ।
अन्तरजातीय विवाह गर्ने सम्मानित
जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा पालिका केन्द्र लामाखेतमा गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
टिक्कर–बिजगौरी सडक : पुनर्निर्माणको प्रतीक्षामा
कपिलवस्तुको बुद्धभूमि नगरपालिकालाई जिल्ला सदरमुकाम तौलिहवासँग जोड्ने टिक्कर बुड्ढी–बिजगौरी सडकखण्ड जीर्ण भएको छ । सडकखण्ड पुनर्निर्माण नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । करिब दुई दशकअघि १० करोड रुपियाँ लागतमा निर्माण गरिएको करिब २२ किलोमिटर लामो सडक बिग्रिएर खाल्डाखुल्डीले भरिएको छ ।
टुहुराको सहारा प्रदेश सरकार
अभिभावक गुमाएका टुहुरा बालबालिकाको सहारा बागमती प्रदेश सरकार भएको छ । विभिन्न कारणले आफ्ना आमाबुवा गुमाएर आफन्तकहाँ शरण लिई बस्दै आएका बालबालिकालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता दिएर सरकारको जिम्मेवारीबोध गराएको छ ।
प्रजनन केन्द्रमा जन्मियो छावा
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा छावा पैदा भएको छ । प्रजनन केन्द्रमा रहेको रिमझिमकली (ढोई) बाट शुक्रबार मध्यरातिमा छावा जन्माएसँगै प्रजनन केन्द्रमा नयाँ छावा थपिएको हो ।
देवताको डरले छाउगोठमा बस्न थाले महिला
बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन् । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाएको भन्दै डर देखाउन थालेपछि उनीहरू धमाधम छाउगोठमा बस्न थालेका छन् ।