वडा–१६ लाई फुटसल उपाधि
प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ महानगरपालिकाको वडा नं. १६ ले जितेको छ ।
राष्ट्र बैंकले ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गरेको हो।
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ
नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धनका आधार: प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण आधार भएको बताउनुभएको छ।
प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भइरहेको बताउनुभएको छ ।
कृषि कर्मबाट युवाको लोभलाग्दो आम्दानी
गाउँका युवाहरू दैनिक विदेश जानेक्रम बढिरहँदा यहाँका एक युवा विदेश जानेलाई चुनौती दिँदै पशु तथा फलफूल खेतीलाई मुख्य पेसा बनाउनु भएको छ ।
मधेशमा खानेपानी र शौचालयको समस्या
मधेश प्रदेशका ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले मुलुकमै सर्वाधिक जनसङ्ख्याको बसोबास रहेको मधेश प्रदेशको खानेपानी तथा स्वच्छताको अवस्था अत्यन्तै दयनीय रहेको बताउनुभएको छ ।
सुशासनका लागि काम अघि बढेको छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले सुशासन र विकासको पक्षमा तीव्र गतिले काम अघि बढाएको बताउनु भएको छ ।
सिंजा सभ्यताको संरक्षण र रेशमी मार्गको पुन:स्थापना गरिनुपर्छ : मन्त्री भण्डारी
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिंजा सभ्यताकाको संरक्षणसहित तत्कालिन खस साम्राज्य सिंजासँग जोडिएको उत्तर दक्षिणको रेशमी मार्गको खोजी गर्नुपर्ने बताउनुभएकाे छ ।
‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’
वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा ३० वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त हुनुभएको छ।
घुस लिने र दिने दुवै अख्तियारको नियन्त्रणमा
झापा बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
किसानलाई जैविक मल उत्पादन गर्न सिकाउँदै राप्तीसोनारी
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मल सम्बन्धी तालिम दिन सुरु गरेको छ ।
अनलाइनबाट नागरिकताको सिफारिस
इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ ।
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।
सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ ।
तीन सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको विकट र अविकसित मानिने वडा नम्बर ६ भनघोटनास्थित सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेर ३३५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घोराही उपमहानगरपालिका –११ खुङ्कोट निवासी तीन बर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम
आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ ।
सामाजिक सञ्जाल ‘एक्स’मा खाता ब्लक हुने फिचरमा परिवर्तन
सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन् ।
एसईई मौका परीक्षामा नौ सयभन्दा बढी उत्तीर्ण
माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परीक्षामा ८९.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सुन तोलामा एक लाख ६० हजार नाघ्यो
सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार एकको मृत्यु भएको छ ।