सम्पत्ति विवरण बुझाउनेको संख्या बढ्यो
काठमाडौं, वैशाख २८ गते। पछिल्लो आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। प्रतिवेदन अनुसार सम्पत्ति विवरण बुझाउने संख्या बढेको हो। अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या शून्य दशमलव ५१ प्रतिशतले बढेको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा ९७.२८ प्रतिशतले सम्पत्ति विवरण बुझाएका थिए भने यो आर्थिक वर्षमा ९७.७९ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन्। सतर्कता केन्द्रका सचिव सुशीलचन्द्र तिवारीका अनुसार केन्द्रमा सम्पत्ति विवरण बुझाउनेको संख्या ६ लाख ९६ हजार ६२४ रहेको तथ्यांक छ। जसमध्ये कानुन बमोजिम सम्पत्ति विवरण बुझाउनेको संख्या ६ लाख ८१ हजार २१५ रहेकाे छ। यो संख्या ९७ दशमलव ७९ प्रतिशत हो। केन्द्रलाई १५ हजार ४०९ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। यो २ दशमलव २१ प्रतिशत हो। बुधबार सम्पत्ति विवरण अनुगमन प्रतिवेदन ग्रहण गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आगामी दिनमा आयोग र केन्द्रबीच समन्वय एवम् सहकार्य बढाउन निर्देशन दिनुभयो। सम्पत्ति विवरण भर्ने भराउने प्रमुख दायित्व कार्यालय प्रमुखले लिनुपर्ने, सम्बन्धित कार्यालयले कर्मचारी र पदाधिकारीको अभिलेख दुरुस्त राख्नुपर्ने निर्देशन दिनुभएको छ।
मालपोत कार्यालय तनहुँ तीन दिनका लागि बन्द
अमरराज नहर्कीतनहुँ, वैशाख २८ गते। मालपोत कार्यालय तनहुँ तीन दिनका लागि बन्द भएको छ। स्थानीय तह निर्वाचनमा कर्मचारी खटाउनु पर्ने भएकोले बुधबारदेखि तीन दिनको लागि कार्यालय बन्द भएको हो। कार्यालयको अधिकांश कर्मचारी निर्वाचनको लागि खटिसक्नु भएको हुँदा कार्यालयबाट प्रवाह हुने दैनिक काम कारबाही तथा सेवा प्रवाह वैशाख २८ गतेदेखि ३० गतेसम्म गरी तीन दिन स्थिगित गरिएको मालपोत कार्यालय तनहुँका सूचना अधिकारी टीकाराम शर्मा घोरासइनीले जानकारी दिनुभयो। यसैगरी कृषि सामग्री संस्थान तनहुँको कार्यालय पनि तीन दिनको लागि बन्द गरिएको छ। कार्यालयले सूचना प्रकाशित गरेर कार्यालय बन्द भएको जानकारी गराएको हो।
कलंकीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ महानगरपालिका-१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ।
महिलाको हत्या आरोपमा तीनजना पक्राउ
रुकुम पूर्वमा एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वबजेट छलफलका लागि नियम निलम्बन गर्ने तयारी
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) सदनमा छलफल गराउन प्रतिनिधि सभाको नियमावली निलम्बनको तयारी गरिएको छ । जेठमा अधिवेशन आह्वान भएपछि प्रतिनिधि सभा नियमावलीले तोकेको बजेट पेसको १५ दिनअघि छलफल गरिसक्नुपर्ने व्यवस्था निलम्बनको तयारी गरिएको हो । सरकारसँगको परामर्शमा सङ्घीय संसद् सचिवालयले नियम निलम्बनसहितको आन्तरिक कार्यतालिका तय गरेको हो । अधिवेशन जेठ ३ गतेदेखि प्रारम्भ हुँदैछ ।
उद्घाटन हुँदै पाँच हजार क्षमताको लुम्बिनी अन्तर्राष्ट्रिय सभाहल
लुम्बिनीमा निर्माण सम्पन्न गरिएको पाँच हजार मानिस अट्ने क्षमताको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त ध्यान केन्द्रको जेठ २ गतेको बुद्ध जयन्तीका दिन उदघाटन गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।
हाब्रे संरक्षण गर्न कुकुरलाई खोप
विश्वमै दुर्लभ मानिएको वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षण गर्न घरपालुवा जनावर कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ । खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो ।
देशभर निर्वाचनको चहलपल (फोटो फिचर)
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर निर्वाचनको चहलपल सुरु भएको छ ।