समयलाई चिनौँ
भाइबहिनी हो ! तिमीहरूले समयलाई कत्तिको महत्त्व दिन्छौ ? समयको व्यवस्थापन कसरी गर्छौ ? तिमीहरूले कतै समयलाई बेवास्ता गरिरहेको त छैनौँ ? समय मानव जीवनका लागि कति अमूल्य छ भन्ने कुरा आज तिमीहरूले जानकारी प्राप्त गर्ने छौ । भाइबहिनी हो ! मानव शरीरका लागि जति मुटुको महत्त्व रहेको हुन्छ त्यति नै समयको महत्त्व रहेको हुन्छ । समय अमूल्य भएकाले यसको महत्त्व पैसा, हीरा, मोती, मणि, सुन आदि केहीसँग पनि तुलना हुँदैन । समय एउटा यस्तो चक्र हो, जुन कुमालेको चक्रजस्तै फनफनी घुमिरहेको हुन्छ । यो आफ्नै गतिमा दौडिरहेको हुन्छ । न त यसलाई कसैले रोकेर रोक्न सक्छन्, न त आफै रोकिन्छ । यो निरन्तर निर्विछिन्न रूपमा आफ्नै र
रमाइलो बाल साहित्य
बालपत्रिका ‘मुना’को नयाँ स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’का लागि यस पटक हामीले वि सं. २०१२ मा खाँदबारी, सङ्खुवासभामा जन्मनुभएकी साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानको पूर्वप्राज्ञ परिषद् सदस्य तथा मनोहरा माध्यमिक विद्यालय काठमाडौंकी पूर्वप्रधानाध्यापक नर्मदेश्वरी सत्यालसँग एसओएस हर्मनमाइनर विद्यालय पनौतीमा कक्षा ९ मा पढ्ने छात्र सृजन भट्टराईले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार नर्मदेश्वरी सत्याल र बालक सृजन भट्टराईको संवाद :
केटाकेटीको प्यारो मुना
मुना पाई केटाकेटी सबै परे दङ्ग मुनाले उनीहरूको जीवनमा उमङ्ग । कहिले आउँछ भनी हामी पर्खिरहन्छौँ
चैत महिनामा डर
रुखहरूबाट पात झर्छ निसास्सिने गरी हुरी चल्छ आँखै हेर्न नहुने गरी छारो र धुलो बेस्सरी उड्छ
शीर्षक के हो ?
एउटा सानो घरमा आमा र छोरी बस्थे । छोरी विनिता साह्रै अल्छी थिइन् । आमाले भनेको कुरा पटक्कै नमान्ने, गुरुआमा र गुरुबाले दिएको गृहकार्य नगर्ने र सकेको काम पनि नगर्ने भएको हुनाले ऊ जहिले फेल भएर बस्थिन् । आमाले विनितालाई सम्झाउँथिन् तर विनिताले मान्दिनथिन् । आमाले ‘गृहकार्य गर’ भन्दा विनिताले ‘मैले त विद्यालयमा नै गरिसकेँ’ भनेर ढाँट्ने गर्थिन् । उसको बानी देखेर सबैले उसलाई गाली
‘बालबालिका रङ्गमञ्चमा’
भाइबहिनीहरू ! मुनाको नयाँ अङ्कमा हामी पढ्ने छौँ हामी सबैलाई मन पर्ने रङ्गकर्मी केदार श्रेष्ठका बारेमा । उहाँ थिएटर मलका निर्देशक र संयोजक हुनुहुन्छ । भाइबहिनीहरू तपाईंहरूलाई नाटक र रङ्गमञ्चका बारेमा कत्तिको थाहा छ ? हामीले दिनहुँ टेलिभिजन र मोबाइलमा फिल्म, गीत, टेलिसिरियल, खेललगायत कार्टुन हेर्ने ग¥र्छौं तर यसबाहेक वास्तवमा रङ्गमञ्चमा गरिने नाटक यीभन्दा धेरै नै फरक हुन्छन् ।
मन जितेपछि (कविता)
पढ्नु छ धेरै लेख्नु छ धेरै जान्नु छ धेरै सिक्नु छ धेरै तैपनि के हो ! छक्क म पर्छु चञ्चल धेरै यो मन मेरै ।
चैते दशैँ किन मनाइन्छ
भाइबहिनी हो, तिमीहरू प्रायः सबैलाई दशैँ त थाहा नै होला । बडादशैँ अर्को चैत दशैँ भनेर जान्द छौ । चैतमा पनि दशैँ आउँछ र हामी मनाउँछौ पनि । त्यो दशैँलाई हामी चैते दशैँ भन्छौँ । वर्षमा दुई पटक दशैँआउँछ । अनि हामी प्रत्येक वर्ष दुई पटक नै मनाउँछाैँ पनि । एउटा बडादशैँ र अर्को सानो अर्थात् चैते दशैँ । भाइबहिनीहरू अब चैतै दशैँको सुरुवात कसरी भयो र किन मनाइन्छ भन्नेबारेमा जानकारी राखौँ है त । पुराना कथनका अनुसार पहिले पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसमी बदलीका साथै दशैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दशैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
प्रेरक व्यक्तित्त्व म्याक्सिम गोर्की
भाइबहिनी हो ! लेखक बन्ने तिमीहरूको पनि सपना होला । त्यसो भए विश्वविख्यात लेखक म्याक्सिम गोर्कीको जीवन सङ्घर्षबारे जानिराखौँ है त ! गोर्कीको जन्म तत्कालीन रुसको निझ्नी नोभ्गोरोदमा सन् १८६८ मार्च २८ मा गरिब परिवारमा भयो । त्यतिखेर रुसमा जमिनदारहरू दुःख नगरी खेतीको सारा आम्दानी थुपार्थे । किसान र मजदुरलाई कठोर श्रम गर्दा पनि खान पुग्दैनथ्यो ।