लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन
भाइबहिनीहरूलाई निर्वाचनका बारेमा अलिक कमै जानकारी हुने गर्दछ । निर्वाचनलाई जनबोलीको भाषामा चुनाव पनि भनिन्छ । विद्यार्थी जीवनमा पनि चुनावको अभ्यास कुनै न कुनै रूपमा गर्ने गरेका हुन्छौँ तर पनि विद्यार्थीलाई चुनाव रुचिको विषय रहेको पाइँदैन । उमेर बढदै जाँदा र क्याम्पसको विद्यार्थी बन्दासम्म त चुनाव हरेक विद्यार्थीको अग्रचासोका विषयवस्तु बनिसकेको हुन्छ । क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सामाजिक नेतृत्व क्षमता विकास गर्ने प्रतिस्पर्धाको अभ्यास हो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापसम्बन्धीका प्रतिस्पर्धा, स