वीरङ्गना निरजा
यो कथा हो एउटी वीरङ्गनाको। उनी फ्लाइट अटेन्डेन्ट थिइन्। उनीसँग यस पेसामा लामो अनुभव थिएन तर उनले लामो होइन ठूलो जीवन जिइन्। एउटा घटनाबाट उनी इतिहासमा अमर भइन्। एभियसन संसारमा उनको योगदान अविस्मरणीय छ। दिन थियो सन् १९८६ सेप्टेम्बर ५। पान अमेरिकन वल्र्ड एयरवेजको पान एम फ्लाइट–७३ अपहरणमा प-यो। अपहरण गर्ने सङ्गठन थियो प्यालेस्टाइन अतिवादी समूह अबु निडाल अर्गनाइजेसन। भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडान भरेको पान एम फ्लाइट–७३ ले पाकिस्तानको कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवतरण गरेको थि
सम्बन्ध विच्छेद मन्दिर
जापानमा एउटा अनौठो मन्दिर छ । छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो । जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ । यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ । सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो । सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त्यसबेला महिलाको अवस्था नाजुक थियो । उनीहरूसँग आधारभूत अधिकार पनि थिएन । त्यसका अतिरिक्त महिलामाथि विभिन्न खाले सामाजिक प्रतिबन्ध पनि लगाइएको थियो । त्यस्तोमा महिला आफ्नो विवाहमा खुसी हुन सक्दैनथे वा घरेलु हिंसाको सिकार हुन्थे । अनि महिलाले यस मन्दिरमा गएर शरण लिने गर्दथे ।
मानवले कहिलेदेखि शवको अन्त्येष्टि गर्न सुरु गरे ?
एउटा अध्ययनले के देखाएको छ भने दुई लाख ४० हजारदेखि पाँच लाख वर्ष पहिले मानव पुर्खाले आफ्ना मान्यजनको शवको नियोजित अन्त्येष्टि गर्न सुरु गरेका थिए, यद्यपि यसमा आमसहमति बन्न सकेको छैन। माछा मार्ने, चित्रकला बनाउने तथा औजारका रूपमा पाताहरूको प्रयोगसँगै मृतकको नियोजित अन्त्येष्टिलाई ‘होमो सेपियन्स’ र लोप भइसकेका मानव पुर्खाबीचको भिन्नता जनाउने एक परिभाषित विशेषता मानिएको
चर्चामा टाइटानिक
आजभन्दा एक सय ११ वर्षअघि उत्तरी आन्ध्र महासागरमा डुबेको ‘टाइटानिक’ पानीजहाज यतिबेला पुनः चर्चामा छ। संसारभरका सञ्चार माध्यममा टाइटानिक छाएको छ। टाइटानिकको भग्नावशेष हेर्न गएका पाँच पर्यटकको समुद्रमै डुबेर निधन भएको छ। ‘टाइटन’ नामक पनडुब्बीमा टाइटानिक हेर्न जानेहरूमा पाकिस्तानी मूलका बेलायती अर्बपति दाउद शाहजादा र उनका १९ वर्षीय छोरा सुलेमान, बेलायती अर्बपति हमिश हार्डिङ, पल–अन्री नार्गेओ र ओसनगेट कम्पनीका प्रमुख स्टक्टन रस थिए।
बोलीको यात्रा
मानव जातिले पाएको अतुलनीय वरदानमध्ये एक हो बोली। एकैछिन कल्पना गरौँ, बोली नभएको भए मानव समाज कस्तो हुन्थ्यो होला ?, बोलीको अभावमा विचार र भावना साटासाट गर्न कति कठिन हुन्थ्यो होला ? बोलीले नै मानव अभिव्यक्ति सशक्त हुन गएको छ। बोलीले मानव अभिव्यक्तिलाई मात्र होइन मानव सभ्यता उन्नत अवस्थामा पु-याएको छ। बोलीबाटै मानव सभ्यताको अकल्पनीय विकास र विस्तार हुन सम्भव भएको भन्न सकिन्छ। मानव अभिव्यक्ति र सभ्यतामा जीवनदायिनी भूमिका खेल्ने
११ हजार मिटर गहिरो प्वाल !
चीनले उत्तरपश्चिम क्षेत्र सिङ्कयाङस्थित तकलामकान मरुभूमिमा ११ हजार मिटर गहिरो प्वाल बनाउन सुरु गरेको छ। यो प्वाल पृथ्वीको प्राचीनतम क्रेटासियस कालको तहसम्म पुग्ने छ। क्रेटासियसलाई एक भूगर्भीय काल मानिन्छ। जुन १४ करोड ५० लाख वर्षदेखि छ करोड ६० लाख वर्षसम्म अगाडिको समय हो। ११ हजार मिटरभन्दा गहिरो
विमानमा कोलाहल मच्चाउने आन्द्रे
कुस्तीको दुनियाँका बादशाह आन्द्रे द जाइन्टले एक पटक उडिरहेको विमानमा आफ्नो दिसा र अपानवायुले यात्रुलाई झन्डै मारेका। उनको दिसा र अपानवायुको गन्धले केही यात्रुलाई वाकवाकी लाग्ने र बान्ता आउलाजस्तो भयो केही चाहिँ मुर्छा पर्ने गरी हाँस्न थाले। विमानमा एकछिन त कोलाहल नै भयो। वल्र्ड रेस्लिङ फेडरेसन च्याम्पियन आन्द्रे द जाइन्टलाई बोइङ–७४७ विमानमा सावर भएर टोकियोबाट अमेरिका जाने क्रममा पेटमा समस्या भएको थियो। रिङमा प्रतिद्वन्द्वीलाई चित् पारेका उनी १४ घण्टाको उडानमा अन्य यात्रुको समस्या बने।
बर्मुडा ट्राएङ्गलको कुचक्र, फ्लाइट–१९ बेपत्ता
मायामी, बर्मुडा र प्युर्टो रिकोलाई बिन्दु मानेर कल्पना गरिएको बर्मुडा ट्राएङ्गलभित्र अत्तोपत्तो नहुने गरी कैयौँ पानीजहाज र विमान बेपत्ता भएका छन्। के कति कारण यसरी जहाजहरू बेपत्ता भएका हुन्, त्यो अझैँ पनि रहस्यमै छ। करिब ८० वर्ष पहिले एक घमाइलो दिनमा फ्लोरिडामा रहेको अड्डाबाट जलसेनाका पाँच विमानले प्रशिक्षणका लागि उडान भरे, जसलाई फ्लाइट–१९ नाम दिइएको थियो। त्यसपछि फ्लाइट–१९ का कुनै पनि विमानको चालक दलका सदस्य देखा परेका छैनन्।
इन्टरनेटको कालो दुनियाँ डार्क वेब
इन्टरनेटको प्रयोगसँगै विश्वमा विभिन्न स्टार्टअप कम्पनीलाई अगाडि बढ्ने मौका मिलेको छ। इन्टरनेटले व्यवसाय, शिक्षा, सञ्चार, सरकारका कामलगायतका विभिन्न क्षेत्रमा क्रान्ति ल्याएको स्पष्ट नै छ। एकातर्फ इन्टरनेटको आगमनसँगै विश्वलाई अगाडि बढ्ने मौका मिलेको छ भने अर्कोतर्फ यसको डरलाग्दो पक्ष पनि अगाडि आएको छ, जसको नाम हो ‘डार्क वेब’ । तपाईंमध्ये कतिले डार्क वेबको नाम सुन्नुभएकै होला। आखिर डार्क वेब भनेको के हो र यसको सुरुवात कसरी भएको थियो ? डार्क वेब इन्टरनेटको यस्तो भाग हो जुन खोज इन्जिनहरूमा देखिँदैन। डार्क वेब सामान्यतः लागूऔषध व्यापार, नक्कली दस्तावेज तथा बालबालिकाको अश्लील सामग्री (चाइल्ड पोर्नोग्राफी)लगायतका सामग्रीको अनधिकृत बेचबिखनसँग सम्बन्धित छ तर यसो भनिरहँदा डार्क वेबमा हुने सबै कुरा पूर्ण रूपमा खराब हुन्छन् भन्ने पनि छैन। इन्टरनेटको अधिकांश हिस्सा हाम्रो दृष्टिबाट लुकेको छ। जहाँ लागुऔ