भूकम्पमा पुरिएर बाँचेका शिशु सहारा खोज्दै
कात्तिक १७ गतेको भूकम्पमा परेर १० महिने शिशु विशा बुढा आमा कृष्णा बुढासँगै माटोमुनि पुरिइन् । मध्यरातमा सुतेकै बेला गल्र्यामगुर्लुम घर ढलेपछि आमाछोरी सुतेकै ठाउँमा पुरिएका हुन् । स्थानीयले खोतलखातल गरेर उनकी आमा र मामाघरकी हजुरआमालाई निकाले । शरीरबाहिर निकालिए पनि दुवै जना निष्प्राण भइसकेका थिए । स्थानीयले आमाको मृत्यु भएकाले बच्चा पनि सँगै मरेको तर शव नभेटिएको ठाने र अन्यतर्फ उद्धारमा खटिए । दुई घण्टापछि प्रहरीसहितको उद्धार टोली पुगेर कोही छ कि भनेर दोहो¥याएर खोजी गरे । बच्चा पुरिएको छ भनेपछि टर्चलाइटको सहारामा ढुङ्गामाटो पन्छाउँदै थिए । भूकम्प गएको दुई घण्टा बितिसकेको थियो । एक्कासि माटोमुनि बच्चा रोएको आवाज आयो ।
भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग
एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”
दलीय भागबन्डाले थलिए विश्वविद्यालय
‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राजनीति गर्ने थलोका रूपमा विकास हुन पुगेका छन् ।
सिकिएन २०७२ पछिको अनुभव
२०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ । पश्चिम नेपालमा यस वर्ष ४.० रेक्टर स्केलभन्दा माथिका थुप्रै पटक भूकम्प र पराकम्पन गएका छन् । जाजरकोटमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प जानुअघि गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलका भूकम्प गए । त्यसअघि पनि गत वैशाख १४ गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
खलबलिँदै छ भूकम्पको शक्ति
नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो । उहाँहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ ।
आवाज हरायो, साहसले बाँच्यौँ
भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बस्नुभयो र सुत्न जानुभयो । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आउनुभएका रूपकले भन्नुभयो, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”
पश्चिम एसिया अशान्त असर सर्वत्र
पश्चिमी जगत्ले ‘मध्यपूर्व’ भन्ने गरेको भूखण्ड पश्चिम एसिया असोज २० गते (७ अक्टोबर) यता निकै अशान्त छ । सीमावर्ती देश इजरायलका यहुदी बस्तीमा प्यालेष्टाइन इलाकाबाट ‘हमास’ नामक विद्रोही जत्थाले एक्कासि सशस्त्र आव्रmमण गर्दा एक हजार चार सयभन्दा बढी गैरसैनिक (निर्दोष) नर–नारी र बाल–बालिकाको ज्यान लिएपछि प्रति
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।
दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी
दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए । तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।