अनाथ र असहायको सहयोगका लागि इन्टरपेडको फुटसल
दसैंको अवसर पारेर द इन्टरपेड ट्राभल कम्पनीले इन्टरपेड फाउन्डेसन अन्तर्गत सामाजिक सेवाका विभिन्न कामका लागि फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि
पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो ।
विश्वकप फुटबल छनोट : लाओसलाई हराएर नेपाल दोस्रो चरणमा
मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।
युवा सङ्घ नेपालले कात्तिक २५ देखि पब्जी प्रतियोगिता गर्ने
नेकपा (एमाले) निकट भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले कात्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।
आज साँझ लाओसको मैदानमा नेपालको परीक्षा
फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को पहिलो चरण पार गर्ने लक्ष्यसहित नेपाली टिम अहिले लाओसमा रहेको छ । नेपालले मङ्गलबार साँझ लाओसको न्यु लाओस नेसनल स्टेडियममा घरेलु टिमविरुद्ध छनोटको पहिलो चरणको अवे खेल खेल्दै छ । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप : वराह क्षेत्र ११ सेमिफाइनलमा
‘हाम्रो गोल दुव्र्सन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सोमवारबाट सुरु भएको छ ।
मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी
रुकुमपश्चिममा भएको पत्रकार, कर्मचारी र सुरक्षाकर्मीबिचमा भएको त्रिपक्षीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिमले जित हासिल गरेको छ ।
ज्योति पुञ्ज कपको उपाधि न्यु यूथ युनियन तानसेनलाई
पाल्पाको रामपुरमा भएको ज्योति पुञ्ज कप फुटबल प्रतियोगिताको उपाधि न्यु यूथ युनियन क्लब तानसेन पाल्पाले हात पार्न सफल भएको छ । रामपुर नगरपालिका–७, किसान बारी भएको फाइनल खेलमा आयोजक रामपुर ज्योति पुञ्ज (सेतो)लाई १÷० गोलले हराउँदै न्यु यूथ युनियन च्याम्पियन बनेको हो ।
आयोजक डाँगीहाट फुटबल क्लव विजयी
उद्घाटन खेलमा भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० ले हराउँदै आयोजक डाँगीहाट फुटबल क्लब छैटौं बेलबारी गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।