'मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल' को आवदेन खुल्ला
काठमाडौं, असार २६ गते । 'मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल' को दोस्रो संस्करणमा निर्णायकको जिम्मेवारी पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बानियाँ, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ कि विजेता पुजा गिरी र कोरियोग्राफरमा रोजिन शाक्यले निर्वाह गर्ने भएका छन् । आयोजक फेलिज इन्टरनेशनलले निर्णायकलाई चिनाउनुका साथै प्रतियोगिताको आवदेन समेत खुल्ला भएको जनाएको हो ।१६ देखि २१ वर्षसम्मका युवा युवतीले भाग लिन पाउने प्रतियोगिता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो । एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उहाँहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पुर्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने 'टप मोडल अफ युनिभर्समा' नेपालको प्रतिनिधित्व गर्ने अवसरकासाथै द व्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रवृति, आयोजकका तर्फबाट नगद पुरस्कार १ लाख तथा विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।फस्र्ट रनरअप तथा सेकेन्ड रनर अपले ब्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रवृति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । अडिसन जुलाई १६ अर्थात् असार ३१ गते द ब्रिटिस कलेज, थापाथलीमा हुने भएको छ ।
फिल्म 'द घोस्ट' को टिजर सार्वजनिक
काठमाडौं, असार २६ गते । साउथका सुपरस्टार अक्किनेनी नागार्जुनको आगामी एक्सन फिल्म 'द घोस्ट' को टिजर सार्वजनिक भएको छ । नागार्जुन आफैंले पनि तेलुगु फिल्मको यो टिजर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “तपाइँलाई भूतको एक्शन-प्याक झलक प्रस्तुत गर्न धेरै उत्साहित छु । 'द घोस्ट' अक्टोबर ५ मा सिनेमाघरमा रिलिज हुने भएकाे छ । फिल्मको ४९ सेकेण्ड लामो टिजरमा ६२ वर्षीय नागार्जुनको खतरनाक एक्सन अवतार देख्न सकिन्छ । चलचित्रलाई प्रवीण सत्तारुले निर्देशन गर्नुभएको हो ।
कात्तिक २५ मा 'ह्यारी की प्यारी'
काठमाडौं, असार २६ गते । चलचित्र 'ह्यारी की प्यारी' को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत ‘ह्यारी की प्यारी’ कात्तिक २५ मा प्रदर्शनमा आउने निर्माण टिमले जनाएकाे हाे ।निर्माण टिमले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा जितु र साम्राज्ञीलाई देख्न सकिन्छ । कपिल रिजालको निर्देशनमा बन्ने फिल्ममा जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय छ ।
'प्रेमगन्ज'को गीत 'समय' सार्वजनिक
काठमाडौं, असार २६ गते । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म 'प्रेमगन्ज'को तेस्रो गीत 'समय' रिलिज भएको छ । गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् ।निर्देशक परिच्छेद सेनका अनुसार फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गर्नुभएको छ भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गर्नुभएको हो । पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतमा किरण भुसालले आवाज रहेको छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गर्नुभएको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन् । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने फिल्म भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।
‘लाखे’को सस्पेन्स थ्रिलर टिजर
मल्टी स्टार चलचित्र ‘लाखे’को करिब सवा एक मिनेट लामो टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’को टिजरबाट चलचित्र सस्पेन्स र थ्रिलले भरिएको आकलन गर्न सकिन्छ ।
‘कबड्डी–४’ को उत्साहजनक प्रदर्शन
नेपाल चलचित्र उद्योगमा ५१औँ दिन मनाउने चलन अब कथाजस्तै भइसक्यो । केही चलचित्रहरूले मात्र सिनेमा घरमा ५१औँ दिन मनाउन सफल भएका छन् । जेठ १६ बाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ ले यो मौका प्राप्त हुने सङ्केत दिएको छ । ४० दिनभन्दा बढी सिनेमा घरमा प्रदर्शन हुन सफल चलचित्र सर्वाधिक कमाइ गर्ने पहिलो नेपाली चलचित्र बनेको छ । समीक्षकबाट प्राप्त भएको आलोचनात्मक समीक्षाले पनि दर्शकको माया पाएको चलचित्रले ५१औँ दिने सफलताको मानक पनि छुने देखिएको छ ।
‘भानुभक्त’ गीत सार्वजनिक
आदिकवि भानुभक्त आचार्यप्रति समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सञ्चमान राईले शब्द र किरण गजमेरले आवाज दिनुभएको छ भने गीतमा विश्वास गुरुङले सङ्गीत भर्नुभएको छ ।
नेपाली सिनेमा हिजो र आज
नेपाली सिनेमा निर्माण हुन थालेको ५५ वर्ष भइसक्यो । राजा महेन्द्रले सरकारी ढुकुटीबाट चलचित्र ‘आमा’ बनाउनुभन्दा अघि निजी क्षेत्रको सुमनाञ्जली प्रोडक्सनबाट ‘माइतीघर’ बनाउने सबै तयारी भइसकेको थियो तर राजा र जनताको एउटै क्षेत्रमा प्रतिस्पर्धा हुने भयो भनेर माइतीघरको निर्माण पछि धकेलिएको तर्क गर्ने धेरै छन् । ‘आमा’ पञ्चायत व्यवस्थाको प्रचारप्रसार गर्ने उद्देश्यले राज्यले बनाएको प्रथम सिनेमा हो भने ‘माइतीघर’ निजी क्षेत्रले बनाएको पूर्णतः व्यावसायिक सिनेमा हो ।
फिल्म 'परदेशी-२'को टिजर सार्वजनिक
काठमाडौं, असार २४ गते । नारायण रायमाझीले निर्देशन गर्नुभएको फिल्म 'परदेशी-२' को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार 'रीमा इन्टरटेन्मेन्ट' काे युट्युवमार्फत टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको कथा र गीतकार रमेश बिजीले लेख्नुभएको हो । फिल्ममा नीर शाह, सुशील पोखरेल, सबिन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ ।सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको यस फिल्मलाई मानकृष्ण महर्जनले छायाङ्कन गर्नुभएको हो । फिल्ममा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ । असोज १४ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ । साढे २ मिनेट ४९ सेकेण्ड लामो टिजरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटी लगायत देख्न सकिन्छ ।
वैवाहिक बन्धनमा बाँधिए अभिनेत्री नीता र हरिहर
काठमाडौं, असार २४ गते । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको 'याक एण्ड यति होटल'मा उहाँहरुको विवाह सम्पन्न भएकाे हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित रहेको बताइएको छ । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
सिनेमाघरमा चलचित्र ‘दोख’, ‘थोर’ र ‘खुदा हाफिज चैप्टर २’
सिनेमाघरमा आजबाट नेपाली चलचित्र ‘दोख’, हलिउड चलचित्र थोर : ‘लभ एन्ड थन्डर’ र बलिउड चलचित्र ‘खुदा हाफिज चैप्टर २’ प्रदर्शनमा आएका छन् । सल्ले गाउँका केही नराम्रा मानिसले छिमेकी गाउँका एक केटालाई कुटपिट गरेपछि विवादित जङ्गलमा लामो समयदेखि चलिरहेको झगडा झन् धेरै चर्किन्छ विद्रोह चरम सीमामा पुगेपछि विद्रोही कमान्डरले विवाद फुटबलको खेलबाट समाधान गर्न सुझाव दिन्छन् ।
‘दबंग ४’ को तयारी
बलिउड अभिनेता सलमान खान अभिनीत दबंगको सिक्वेल ‘दबंग ४’ बन्ने भएको छ । यस पटक चलचित्रलाई तिग्मांसु धुलियाले निर्देशन गर्दै छन् । तिग्मांसुले हासिल, साहेब बीबी और गैंगस्टर, पान सिंह तोमर, साहेब बीबी और गैंगस्टर रिटन्र्स, बुलेट राजा र यारा जस्ता चलचित्रलाई निर्देशन गरिसकेका छन् । चलचित्रको पनि तिग्मांसु
'बाबरी'को 'चुलबुल चुलबुल' गीतमा अदिती र धीरज
काठमाडौं, असार २३ गते । फिल्म 'बाबरी'को 'चुलबुल चुलबुल' बोलको गीत सार्वजनिक गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गर्नुभएको हो । आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'बाबरी'को गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ । फिल्ममा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।बिहीबार युट्युबबाट रिलिज गरिएको गीतमा सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना र संगीतकार चापागाई र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो । फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालकाे रहेकाे छ ।
छोटो फिल्म प्रतिस्पर्धा 'एएनटीभी सर्ट्स' हुँदै
काठमाडौं, असार २३ गते । युवा फिल्म मेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिताको घोषणा गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रममापर्लत सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथासार अनलाइनमार्फत पेस गर्न आह्वान गरेको हो ।‘मेरो कथा, मेरो सिनेमा’ नारा रहेको प्रतियोगितामा सुनिल थापा, पूजा शर्मा र दीपेन्द्र के खनाल जुरी हुनुहुन्छ । प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको सर्ट फिल्म निर्माण गर्नुपर्ने छ । आउँदो २० साउनभित्रमा सर्ट फिल्मको कथासार दर्ता गराइसक्नुपर्ने र कथाहरु छनोट भएमा २५ साउनदेखि २५ भदौभित्रमा सर्ट फिल्म निर्माण पूरा गर्नुपर्नेछ ।छनोटमा परेका सर्ट फिल्महरुबारे निर्णायक मण्डलले २६ भदौदेखि मूल्यांकन गर्नेछन् । र ती सर्ट फिल्म १ असोजदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रशारित सर्ट फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपियाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् ।यसबाहेक उत्कृष्ट १० वटा फिल्मलाई नगद १० हजार रुपियाँसहित प्रमाणपत्र सहित उत्कृष्ट पाँच सर्ट फिल्मकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने फिल्महरुमा तथा नेपाल नेटवर्क टेलिभिजबाट निर्माण हुने टेलिफिल्महरुमा प्राथामिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने बताइएको छ ।
नालापानी’को मोसन पोस्टर रिलिज
चलचित्र ‘नालापानी’को मोसन पोस्टर रिलिज भएको छ । वीर योद्धा कुँवर र उनका छ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त रूपमा चलचित्रमा देखाइएको निर्देशक रिमेश अधिकारीले बताउनुभयो ।
अभिनेत्री नीता ढुंगानाको 'मेहन्दी'
काठमाडौं, असार २२ गते । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले यही असार २४ गते बिहे गर्ने घाेषाणा गर्नुभएकाे छ । नीताले बिहेअघि गरिएको मेहन्दी समारोहका केही तस्बिर आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै लेख्नुभएकाे छ, 'अन्तत : मेहेन्दी लगाइयो।’ ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेको बताइएको छ ।सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी नीता खुशी र आकर्षक देखिएकी छन् । उहाँको मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकारहरुको सहभागिता रहेको थियो ।
आलिया भट्टको ‘डार्लिङ्स’
काठमाडौं, असार २२ गते । आलिया भट्टको निर्माणमा बनेको फिल्म ‘डार्लिङ्स’ को टिजर सार्वजनिक भएको छ । नेटफ्लिक्सको प्रस्तुति रहेको यस फिल्मलाई आलियाले शाहरुख खानको कम्पनि रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर तयार गर्नुभएको हो । डार्क कमेडी फिल्म ‘डार्लिङ्स’ मा आलियासहित शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ । फिल्मले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गरेको देख्न सकिन्छ । आलियाको मुख्य भूमिका रहेको फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुने भएको छ ।
शिखर सन्तोषको सङ्गीतमा पवनदीप र अरुनिता
काठमाडौं, असार २२ गते । लोकप्रिय तथा वरिष्ठ संगीतकार शिखर सन्तोषको सङ्गीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिनुभएको छ । उहाँले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाउनुभएको हो । गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गर्नुभएको छ । गीत हालै मुम्बईमा रेकर्ड गरिएको संगीतकार सन्तोषले जानकारी दिनुभयो । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल भने अहिले गोप्य राखिएको छ । नेपाली बजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाउनुभएको हो । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा सङ्गीतकार सन्तोषको रहेको छ भने गीतको रचनाकार एस पी सापकोटा हुनुहुन्छ ।
चलचित्र समीक्षा: एउटा वैज्ञानिकको कथा ‘रकेट्री’
चलचित्र ‘रकेट्री–द नम्बी इफेक्ट’ वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित चलचित्र हो । चलचित्र प्रदर्शनको अघिदेखि नै चर्चामा थियो । जब तपाईंले नम्बीको कथा चलचित्रमा हेर्नुहुन्छ, त्यसपछि तपाईं उनले गरेका कामहरूबाट धेरै प्रभावित हुनुहुन्छ ।
मनोरञ्जन क्षेत्रका श्रमिकको अधिकार संरक्षण गर्न प्रधानमन्त्रीसँग आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास नेपाल संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको छ । मङ्गलबार मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रका श्रमिकहरुको अधिकारको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको हो ।
भोजभतेरमा नेवारी पहिरन हाकुपटासी
भोजभतेर तथा पार्टीमा जाँदा कस्तो लुगा लगाउने प्रश्नमा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने उत्तर आउँछ । तर भक्तपुरका नेवारी समुदायका युवती तथा महिला भने आफ्नो संस्कृतिलाई बचाउनुपर्ने उद्देश्यका साथ कुनै पनि भोजभतेर वा पार्टीमा जाँदा हाकुपटासी (कालो फरिया) लगाउने फेसन चलेको छ ।
‘टलकजङ्ग भर्सेस टुल्के’को सिक्वेल
तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथामा बनेको चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’को सिक्वेल निर्माण हुने भएको हो । पुरानै कलाकारहरू लिएर चलचित्र निर्माण गर्ने निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशाङ्क मैनाली, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा खगेन्द्र लामिछानेले लेख्नुभएको थियो ।
मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई
काठमाडौं, असार २० गते । कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जित्नुभएको छ । उहाँसँगै राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित हुनुभएको हो।प्रतियोगीताको अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए । सबै जनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्व मिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताउनुभयो ।मुम्बईमा जन्मेका २१ वर्षीय शेट्टीले लेखा र वित्तमा स्नातक गर्नुभएको छ । उहाँ एक प्रशिक्षित भरतनाट्यम नर्तक पनि हुनुहुन्छ । मनिष पौलले होस्ट गर्नुभएकाे फिनालेमा बलिउड कलाकार समेत सहभागी थिए ।
टेलिचलचित्र खहरेघाटको प्रसारण सुरु
नेपाली सामाजिक कथावस्तुमा आधारित टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण शनिबारबाट सुरु भएको छ । रङ्गकर्मी किशोर अनुरागको कथा तथा निर्देशनमा तयार भएको टेलिचलचित्रमा देश भक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोष थापा, साक्षीसिंह भण्डारी, सुमन विष्ट, रिता थापा, शशी थापा, दिनेश खड्कालगायतको अभिनय रहेको छ । टेलिचलचित्रको पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गर्न‘भएको छ ।