अर्थतन्त्रमा नीतिगत सुधार
कुनै पनि नीति स्थायी हुँदैन । सन्दर्भ, परिवेश र चुनौतीका सामना गर्न आवश्यक औजारका रूपमा नीति तर्जुमा गरिरहनुपर्ने हुन्छ ।
सहकारीको पवित्र स्वरूप
सहकारी शब्दलाई सामान्य अर्थमा नै पवित्र सुनिन्छ ।
विश्वसनीय सामाजिक सञ्जाल
वैज्ञानिक अन्वेषण मानव समाजका निम्ति वरदान हो । मानव जीवनलाई बहुआयामिक तौरतरिकाले सहज बनाउन यताका दुई सय वर्ष फलदायी रहे । त्यसमा पनि पछिल्लो साढे तीन दशक सूचना प्रविधिको क्षे
नवप्रवर्तनबाटै अवसर
नेपालीमा एउटा भनाइ छ– अक्कलबिनाको नक्कल ।
समृद्धिमै सहिदको सम्मान
जीवको अस्तित्व पृथ्वीमा मात्र छ ।
प्रभावी अधिवेशनको अपेक्षा
लोकतान्त्रिक पद्धतिमा राज्यका तीन अङ्गमध्ये विधायिका नै जनमतलाई प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय हो ।
साइबर सुरक्षामा ‘एडभाइजरी’
सूचना प्रविधिको विकासले विगत तीन दशकमा संसारलाई सहजीकरण गर्दै आएको छ ।
उत्साहित निजी क्षेत्र
संसारको अर्थतन्त्रमा निजी क्षेत्र नै आर्थिक विकासको मूल इन्जिन भएको देखिन्छ ।
सिद्धबाबा सुरुङको सफलता
हिमाल, पहाड र तराईले बनेको नेपाली भूगोल प्राकृतिक भूस्वर्ग नै हो ।
सिमेन्टको मूल्य सकस
विश्व अहिले उदार अर्थतन्त्रतर्फ अग्रसर छ
सगरमाथा संवादको क्षितिज
विश्वको सबैभन्दा उच्च शिखर नेपालमै मात्र छ । तेस्रो धु्रवसमेत भनिने र विश्वले माउन्ट एभरेस्ट भनेर चिन्ने सगरमाथा नेपाललाई संसारमा चिनाउने अमूल्य प्राकृतिक निधि हो ।
ट्रम्पको दोस्रो कार्यकाल
लोकतान्त्रिक प्रणालीमा जनमत नै अन्तिम फैसला हुन्छ । जननिर्वाचित नेतृत्वले निश्चित कार्यकालभन्दा बढी पदमा बस्न सक्दैन ।
स्वास्थ्य बिमा कार्ययोजना
व्यक्ति, परिवार, सङ्घ संस्था तथा समग्र देशलाई आर्थिक सुरक्षा चाहिन्छ ।
जैविक कृषिमा रुचि
प्रत्येक प्राणीको जीवन अन्ततः माटोसँग जोडिन्छ ।
गोरखापत्र नयाँ ऐनतर्फ
आमसञ्चार माध्यम वास्तवमा जनताका आवाज हुन् ।
अध्यादेश संवैधानिक परिधिमै
लोकतान्त्रिक पद्धतिमा राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिच शक्ति सन्तुलन र नियन्त्रणको अनुपम सम्मिलन हुन्छ ।
पिएसबी युगमा नेपाल
आमसञ्चार माध्यमको मुख्य उद्देश्य सर्वसाधारणलाई सही सूचनासँगै अनेक तवरले सञ्चार सेवा गर्नु नै हो ।
सामाजिक कर्मको उदाहरण
नेपाली समाजलाई हिंसामुक्त बनाउने सङ्कल्पसहित स्थापित संस्था हो माइती नेपाल ।
कृषि अनुदानको विमर्श
कृषिप्रधान मुलुक नेपालको विगत गौरवमय रहेको पाइन्छ । नेपालले उत्पादन गरेको खाद्यान्न निर्यात हुने गरेको थियो । चार दशकअघि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ४० प्रतिशत हाराहारी थियो भने देशका झन्डै ९०
क्रसर उद्योगको ज्यादती
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त मुलुक हो । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११ औँ स्थानमा पर्छ भने जलवायु जोखिमका हिसाबले पनि नेपाल उच्च स्थानमा पर्छ । जलवायु परिवर्तनका कारण नेपालले यताका वर्षमा धेरै क्षति बेहोेर्न थालेको छ । हिमालमा हिउँ पग्लिएर काला पहाड हुँदै छन् भने हिमनदी विस्फोटको उच्च जोखिम छ । सोलुखुम्बुको पर्यटकीय गाउँ थामेमा आएको पहिरो जलवायु जोखिमकै कारण हो । मेलम्ची आयोजनालाई ठुलो क्षति गर्ने गरी आएको बाढी पनि जलवायु परिवर्तनकै कारण भएको मानिँदै छ । सबैभन्दा बढी क्षति त २०८१ असोज १० देखि १२ गतेसम्मको घनघोर वर्षा नै हो । मनसुन सकिन लाग्दाको सो मुसलधारे वर्षाले बाढी, डुबान र पहिरो व्यापक भयो । राजमार्गमा अर्बौं रुपियाँले पुनर्निर्माण गर्नुपर्ने क्षति भयो । बिपी राजमार्गको क्षति तथा काभ्रेका नदीमा आएका अनेक पहिरो नागरिकको पीडा बने । त्यसमा नदी तथा खोलामा अनुमति नदिई आफूखुसी राखिएका क्रसर उद्योगको सबैभन्दा बढी भूमिका देखिएको सार्वजनिक भएको छ ।नदी तथा खोलाकिनारमा देशैभरि क्रसर उद्योग व्यापक बनाइएको छ । त्यसमा कतिपयले अनुमति लिएका छन् भने कतिपयले अनुमति नै नलिई क्रसर उद्योग चलाएका छन् । अनुमति लिएका क्रसर उद्योगले पनि क्षमताभन्दा बढी गिट्टी, ढुङ्गा उत्पादन गरिरहेका छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । अझ काभ्रेको सन्दर्भमा त बाढीपहिरोका कारण बन्द गरिएका क्रसर उद्योग फेरि प्रशासनको अनुमितबेगर नै चलाउन थालिएको देखिएको छ । बाढीपहिरोका कारण बन्द गरिएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा व्रmसर उद्योग प्रशासनको अनुमतिबेगर पुनः सञ्चालन भएपछि स्थानीय त्रसित छन् । बाढी र पहिरोले घरबारविहीन भएको पीडा त छँदै छ, थप पीडित हुने अवस्था उत्पन्न हुने देखिएको छ ।बन्द भएका खानी तथा क्रसर उद्योग सञ्चालन गर्न जिल्ला सुरक्षा समितिले निर्णय गर्नुपर्ने हुन्छ तर त्यसरी प्रशासनको निर्णय नै नगरी खानी तथा व्रmसर उद्योग पुनः सञ्चालन गर्न थालिएका छन् । असोजको बाढीपहिरोका कारण जिल्लाको पनौती नगरपालिका, बेथानचोक, नमोबुद्ध नगरपालिका र रोसी गाउँपालिकामा रहेका दर्जनौँ खानी तथा क्रसर उद्योग बन्द भएका थिए । विज्ञले बाढीपहिरोका मूल कारक तिनै ढुङ्गाखानी तथा क्रसर उद्योगलाई मानेपछि प्रशासनद्वारा ती उद्योग बन्द गरिएका थिए । प्राप्त समाचार अनुसार गत कात्तिक १४ गते प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा व्रmसरबाट बर्सातका बेलामा ठुलो जनधनको क्षति भएको व्यापक जनगुनासो आएकाले अवैध रूपमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो तर ती कतिपय गैरकानुनी उद्योग अहिले नै सञ्चालनमा आउनु विडम्बना भएको छ । क्रसर उद्योगका निम्ति अनुगमन समिति पनि बनाइएको थियो । अनुगमन समितिले भौगर्भिक अध्ययनको प्रतिवेदनका आधारमा खानी तथा क्रसर सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा निर्णय गर्ने भनिएको थियो तर अध्ययनअगावै खानी तथा क्रसर उद्योग आफूखुसी सञ्चालन भएका छन् । समितिको बैठकले जिल्लाभित्र रही सञ्चालनमा रहेका तर दर्ता नभएका, नवीकरण नभएका, उद्देश्य एवं स्थान फरक पारेका, स्टक प्रमाणित नभएका र कच्चा पदार्थको स्रोत नखुलेकालगायतका विविध विषयमा क्रसर तथा खानी उद्योगको स्थलगत अनुगमन गर्ने गराउने भन्ने व्यवस्थाको पनि कार्यान्वयन भएको छैन । समितिले अहिलेसम्म त्यस्ता उद्योगको अनुगमनसमेत गर्न नसक्नु पनि कमजोरी हो ।बाढीपहिरोपछि विशेष गरी पानीको विशेष स्रोत रहेको पनौती नगरपालिकामा ‘खानी कि पानी’ भन्ने गम्भीर बहस नै सुरु भएको थियो । त्यस क्षेत्रभित्र बाढीपहिरोपछि ‘खानी कि पानी’ भन्ने बहस भइरहेको अवस्थामा प्रशासनको स्वीकृतिबेगर खानी तथा क्रसर उद्योग पुनः सञ्चालनमा आए । बन्द अवस्थामा रहेका खानी तथा क्रसर उद्योग पुनः सञ्चालनमा आएर भारवाहक साधनहरू ‘ओभरलोड’ बोकेर गुड्दासमेत सम्बद्ध निकाय मौन देखिँदा नागरिकमा चिन्ता हुने नै भयो । देशमा भएका प्राकृतिक स्रोत र साधनको उपयोग गर्नु पर्छ तर त्यसनिम्ति थप क्षति हुन नसक्ने गरी गहन अध्ययन विश्लेषण गरेर मात्र अनुमति दिनु पर्छ । कतिपय यस्ता गैरकानुनी खानी उद्योगमा राजनीतिक दल, प्रशासनसमेतको मिलेमतो र संलग्नता झनै अत्यासलाग्दो विषय हो । सुरक्षित खानीले मात्र सबैको भलाइ हुने हुँदा समयमै गम्भीर हुनु जरुरी छ ।
महँगीको चापमा उपभोक्ता
यता केही महिनादेखि नेपाली उपभोक्ताले महँगीको अनुभव गरिरहेका थिए ।
अर्थतन्त्र सुधारमा सुझाव
कुनै पनि मुलुकको अर्थतन्त्र गतिशील हुँदा त्यहाँ चौतर्फी उत्साह छाउँछ ।
भूकम्पीय जोखिम
प्राकृतिक प्रकोपमध्ये भूकम्प पृथ्वीका विभिन्न क्षेत्रमा गइरहन्छ । एउटै पृथ्वी सबैको साझा घर भए पनि कुनै क्षेत्र अति भूकम्पीय जोखिममा छन् भने कतिपय क्षेत्र उति जोखिममा छैनन् ।
नुन पाउन सास्ती
मानव जीवनलाई नुन अपरिहार्य नै छ । धेरै नुन खानु विष सरह भए पनि दैनिक भोजनमा सानो अंश नुन नभई हुँदैन । नुनमा सोडियम र क्लोराइड तत्त्व हुन्छ । ती तत्त्वले मानिसको आन्तरिक जीवनमा ठुलो सकारात्मक प्रभाव पारिर