गुणस्तर सुधार्ने चुनौती
विगतमा उच्च शिक्षाका लागि फलामे ढोका मानिने त्यतिबेलाको प्रवेशिका परीक्षा (एसएलसी) को समकक्षमा राखिएको हालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को २०७८ सालको परीक्षाफल प्रकाशित भएको छ। यो नतिजाले माध्यमिक शिक्षा प्रणालीको गुणस्तर सम्बन्धमा विभिन्न प्रश्न उठेको छ। ती प्रश्नहरूले शिक्षाको गुणस्तर सुधारमा ढिला नगर्न चुनौती दिएको छ। एसईईको नतिजाले विगतको दाँजोमा यस पटकको नतिजा कमजोर देखिनु भनेको यसको दीर्घकालीन असरसमेत हुन्छ । नयाँ निर्देशिका कार्यान्वयनमा आएको भए अवस्था अझै जटिल हुने थियो। शिक्षा क्षेत्रमा वार्षिक ७० अर्ब रुपियाँभन्दा बढी बजेट सरकारबाट छुट्याइने भए पनि लगानीअनुरूपको प्रतिफल हासिल हुन नसक्नु गम्भीर विषय हो। शिक्षासम्बद्ध सरकारी निकायले एसईईमा यसै वर्षदेखि नयाँ निर्देशिका जारी गरेर नतिजा प्रकाशित गर्ने गृहकार्य गरेको थियो तर य
मौद्रिक नीतिप्रति अपेक्षा
केही आन्तरिक अन्योलबीच नेपाल राष्ट्र बैङ्कद्वारा गएको शुक्रबार जारी गरिएको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको विमर्श अझै जारी छ। वित्तीय नीतिका लक्ष्यलाई मौद्रिक उपकरणद्वारा सार्थक बनाउने यो नीतिका सम्बन्धमा अनेक कोणबाट चर्चा परिचर्चा गरिनु आवश्यक छ। नयाँ आर्थिक वर्षको बजेटले लिएका नीति पूरा गर्न मौद्रिक नीति आफैँमा सारथि हो। कतिपयले चर्चा गरेजस्तो मुलुकको अर्थतन्त्र अति नाजुक नै छैन। श्रीलङ्काको बाटोमा पनि छैन तर पनि बढ्दो आयात, इन्धनको मूल्य वृद्धिका चुनौती छन्। पाइला पाइलामा फुकेर चल्नुपर्ने अहिलेको अवस्था हो। यस्तो अवस्था मौद्रिक नीतिका सार्थक कार्यान्वयनप्रति भरोसा रहनु जरुरी छ।
स्वदेशमै मल कारखाना
विगतदेखि नै नेपालमा खेतीपातीका बेला रासायनिक मलको अभाव नियमित आकस्मिकताका रूपमा रहिआएको पाइन्छ। कृषिप्रधान मुलुकमा बर्सेनिजसो लगभग त्यही समयमा रासायनिक मलको अभावले कृषकको भइरहेको हुन्छ। यो पटक मल अभाव हुँदैछ भन्ने सरकार तथा सरोकार निकायका प्रतिबद्धता भए पनि किसानका लागि ती प्रतिबद्धता काम लाग्दैनन्। यो नियतिको क्रमभङ्गता हुन सकेको छैन। समस्याको दिगो समाधान गर्न हालसम्म कुनै ठोस नीति, नियम कार्यान्वयन हुन सकेको छैन। मलका नाममा झेल र भ्रष्टाचार हुने गरेको नौलो होइन।
पर्यटनमा नयाँ आशा
मुलुकको सुदृढ अर्थतन्त्र, सहज वैदेशिक व्यापारलगायत अन्य आर्थिक विषयवस्तुका सन्दर्भमा वैदेशिक मुद्राको निकै महत्त्ववपूर्ण भूमिका रहेको हुन्छ । सार्क राष्ट्र श्रीलङ्कामा विषम आर्थिक अवस्था निम्तिनुको एक प्रमुख कारण वैदेशिक मुद्राको अभाव हो । नेपालको सन्दर्भमा पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन उद्योग तथा व्यवसाय फस्टाउँदा बहुमूल्य वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ । पर्यटनले वैदेशिक मुद्राको बाटो मात्र खोल्दैन, अर्थतन्त्रका आयामहरूलाई चलायमान बनाउँछ । मुलुकभित्रै रोजगारी सिर्जना गर्छ । स्थानीय उत्पादनले बजार पाउँछ भने मौलिक कला र संस्कृति संरक्षणमा समेत ठूलो सघाउँ पु-याउँछ ।
जलवायु परिवर्तनको चिन्ता
सन् २०२२ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष घोषणा गरेको छ। यो घोषणाले नेपालजस्ता हिमाली तथा पर्वतीय मुलुकलाई विश्व तापमान वृद्धिका अतिरिक्त जलवायु परिवर्तनका मुद्दा तथा यसबाट अर्थतन्त्रमा परिरहेको प्रतिकूल प्रभावको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न राम्रो अवसर प्राप्त भएको छ। बढ्दो तापमान तथा जलवायु परिवर्तनको मुद्दा नेपालको एकल मुद्दा नभई विश्वमा रहेका तमाम हिमाली तथा पर्वतीय मुलुकको साझा चिन्ता एवं चासोको विषय हो। संसारभरि पर्वतीय मुलुकको सङ्ख्या ९४ तथा हिमाली मुलुकको सङ्ख्या आठ वटा रहेको छ, नेपाल पर्वतीय र हिमाली दुवै मुलुकको वर्गीकरणमा छ।
नागरिकता विधेयकको अन्तर्य
लामो समयदेखि सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभामा दर्ता भएर थाती रहेको नागरिकता ऐनको संशोधन विधेयक बहुमतबाट पारित भएको छ। अब संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पठाएर त्यहाँ पनि पारित भएमा यो कानुन बन्ने प्रक्रियामा जानेछ। यसबाट वर्षौंदेखि मुलुकमा देखिएको नागरिकतासम्बन्धी विभिन्न विषयवस्तुको समाधान हुने अपेक्षा गर्न सकिन्छ। विगत सात वर्षदेखि संसद्मा दर्ता भएर थाती रहँदा नागरिकताबारे विभिन्न समस्या सिर्जना भएका र यस सम्बन्धमा कुनै निचोडमा नपुग्दा एक किसिमको अन्योलको अवस्था थियो। फलतः वास्तविक नेपाली नागरिक पनि नागरिकता पाउनबाट वञ्चित थिए, यसबाट उनीहरूको दैनिक जीवनका क्रियाकलाप प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था उत्पन्न भएको थियो। रोजगारी, उच्च शिक्षा हासिल गर्न, बैङ्कमा खाता खोल्नेजस्ता आधारभूत कार्यका निम्ति नागरिकता प्रमाणपत्र अनिवार्य नै हुन्छ। नागरिकता ऐन संशोधन विधेयक पारित भएसँगै विगतमा देखापरेका कैयौँ समस्याको सम्बोधन हुनेछ। यसबाट जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्ने मार्गप्रशस्त भएको छ। नेपालमा झन्डै दुई लाख व्यक्ति जन्मसिद्ध नागरिकताधारी छन् र यसबाट उनीहरूका सन्तानलाई वंशजका आधारमा नागरिकता प्राप्त गर्न सहज हुनेछ।
ज्येष्ठ नागरिकको सम्मान
आफ्ना जन्मदिने मातापितालाई बुढेसकालमा स्याहार सुसार, माया स्नेह, श्रद्धासहित उपयुक्त वातावरणमा पालनपोषण तथा रेखदेख गर्नु सन्तानको कर्तव्य हो। अपवादबाहेक मातापिताले सन्तान जन्माएर उचित पालनपोषण, शिक्षादीक्षा तथा रेखदेख गरेर सक्षम अनि सबल नागरिक बनाउन आफ्नो जीवनको मुख्य उद्देश्य लिएका हुन्छन्। यसका लागि उनीहरूले आफ्ना सुख चयन, व्यक्तिगत चाहनालाई समेत तिलाञ्जलि दिन्छन्। तिनै मातापिता वृद्धावस्थामा पुगेसँगै शारीरिक रूपमा अशक्त भएर सन्तानको हेरचाह अनि पालनपोषण आवश्यक पर्ने स्थितिमा पुग्दा कतिपय सन्तानले वास्ता गर्न छोड्छन्। कतिपय सन्तान त कृतध्न भएर उनीहरूको बेवास्ता गर्ने गरेका छन्। कतिपयले अनाथाश्रममा छोडिदिने गरेका छन्। जन्मदिने बाआमालाई बिना आश्रय अलपत्र छोडिदिने जस्ता कुकृत्यसमेत गरेका हाम्रै समाजमा अनेकन घटना देखिएका, सुनिएका छन्।
विद्यालयमा अनुशासन पालना
कसैको पनि संविधानप्रदत्त अधिकार हनन गरिनु दण्डनीय मानिन्छ । नेपालको संविधानले कुनै पनि बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक, मानसिक वा अन्य कुनै पनि प्रकारको यातना दिन वर्जित गरेको छ । यस दृष्टिकोणबाट बालबालिकालाई दिइने कुनै पनि किसिमका यातना निन्दनीय एवं दण्डनीय हुन् ।
गभर्नर विवादको निकास
प्रत्येक सङ्घ संस्था आफ्ना निश्चित ऐन नियम, कानुनको परिधिअन्तर्गत सञ्चालित हुन्छन् । यिनै विषयले सङ्घ संस्थालाई मार्ग दर्शन गर्ने कार्यसमेत गरिरहेका हुन्छन् । तसर्थ नियम, कानुन र आचारहरूको परिपालना स्वच्छ, निष्पक्ष तथा गतिशील तवरले संस्था सञ्चालनका निम्ति अनिवार्य पक्ष हुन् ।
विमान पार्किङमा पारख
काठमाडौंँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानका लागि स्वदेशी एवं विदेशी वायुसेवा कम्पनीहरूको बढ्दो आवागमनसँगै यो विमानस्थल साँघुरो हुन थालेको अनुभव यात्रुलगायत सबैले वर्षौं पहिलेदेखि गरिरहेकै हो । फ
महानगरको नवीन प्रयास
मुलुकको राजधानी सहर एवं सबैभन्दा पुरानो महानगरपालिका काठमाडौँमा अनेकन समस्यासँगै बारम्बार फोहोर थुप्रिने तथा नउठ्ने समस्या काठमाडौंँवासीका लागि नौलो विषय होइन । यसबाट काठमाडौंँको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर परेको यथार्थ हो ।
नदाँजौँ श्रीलङ्कासँग नेपाल
केही समययतादेखि टापु राष्ट्र श्रीलङ्काको चर्चा र चासो सर्वत्र सुनिन थालेको छ । अझ विशेषगरी दक्षिण एसियाली क्षेत्रमा श्रीलङ्काले मिडियामा पूरै स्थान पाएको छ । दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क)को एक सदस्य राष्ट्र श्रीलङ्काको परिचय केही वर्ष दक्षिण एसियाको अरू देशको तुलनामा समृद्ध थियो तर अहिले यो देश आर्थिक र राजनीतिक रूपमा सङ्कटको भुमरीमा छ । अर्थतन्त्र टाट पल्टेको छ । ग्यास, पेट्रोल, दूध, खाद्यान्नलगायत दैनिक जीवनयापनका सामग्रीको जोहो गर्न टण्टलापुर गर्मीमा सर्वसाधारण लामो लाममा बस्नुपर्छ । पा
बेरुजुको बढ्दो आकार
माग्ने बेरितले सरकारी धन खर्चने प्रवृत्तिमा सुधार आउन सकेको छैन भन्ने कुरा बर्सेनि बढ्दो बेरोजगारीले देखाइरहेको छ । सरकारी तथा सार्वजनिक कार्यालयमा प्रचलित आर्थिक नियम, कानुनको परिधि बाहिर गएर खर्च गर्ने प्रवृत्तिमा दरिलो नियन्त्रण हुन नसकेकै फलस्वरूप बर्सेनि बेरुजुमा बढोत्तरी हुँदै गएको हो । अनियमित तवरले खर्च गर्ने अनि खर्चको हिसाबकिताब कानुनसम्मत ढङ्गबाट नराख्ने प्रवृत्ति मौलाउँदो छ । पेस्कीस्वरूप लिइएको रकमको फछ्र्यौंट नगर्ने कार्यबाट मुलुकमा बेरुजुको मार र भार बेपत्ताले बढ्दै गएकोले आर्थिक सुशासन जटिल बन्दै गएको छ । यसको प्रत्यक्ष असर मुलुकको साधन र स्रोतमा परिरहेको छ ।
सरकारको सुखद एक वर्ष
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्वका कारण केही समयको अन्तरालमा दुई दुई पटक प्रतिनिधि सभा भङ्ग गरिएसँगै मुलुकमा उत्पन्न असहज राजनीतिक परिस्थितिको विगत धेरै लामो होइन । त्यो असहज परिस्थितिको निकास न्यायालयले दियो । अन्योलको अवस्थामा चुनावमा जानुु परेन । पाँच दलीय गठबन्धनबाट नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो ।
नेपाल–चीन सम्बन्ध
नेपाल र चीनको सम्बन्ध हिमालझैँ अटल छ । निरन्तरको उच्चस्तरीय द्विपक्षीय भ्रमणले सम्बन्धको उचाइलाई थप प्रगाढ अनि सौहार्दता अभिवृद्धि गरेको मान्न सकिन्छ । केही समयपहिले सम्पन्न चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि अहिले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिऊ जियानचाओको नेपाल भ्रमण भएको छ ।
आठ अर्बको विश्व
हरेक क्षेत्र तथा विषयवस्तुमा चुनौतीसँगै अवसर अन्तरनिहित हुन्छन् । यसलाई कुन रूपमा ग्रहण गर्ने भन्ने सम्बन्धमा फरक अवधारणाहरू देखापर्न सक्छन् । कतिपयको धारणामा बढ्दो जनसङ्ख्या वृद्धि संसारकै लागि खतरासूचक हो भने कतिपयका लागि थुप्रै अवसरको खानी पनि हो
बीमामा संस्थागत सुधार
कुनै पनि व्यावसायिक सङ्घ संस्थाको प्रमुख तथा आधारभूत उद्देश्य आफ्ना सेवाग्राहीलाई गुणस्तरीय तथा स्तरीय सेवा सुविधा प्रदान गर्नु हुनुपर्दछ । यसबाट यस्ता सङ्घसंस्थाको स्थापनाको उपादेयता प्रमाणित हुन्छन् । नेपालमा कुनै व्यावसायिक क्षेत्रमा नाफा आर्जनको सम्भावना देखिने बित्तिकै सबैले त्यहीखाले व्यवसाय गर्न आतुर हुने प्रवृत्ति देखिन्छ । यसले व्यवसाय र संस्थाकै दिगोपनामा समस्या आउन सक्छ । धेरै क्षेत्रतिर यस्तै भएको छ । यथेष्ट खोजबिन र बजार अनुसन्धान नगरी अध्यारोमा ढुङ्गा हान्दा समस्या नआउने कमै सम्भावना हुन्छ ।
सिमेन्ट निर्यातको खुसी
सानो उपलब्धिले समेत कहिलेकाहीँ ठूलो खुसी दिन्छ । सिमेन्ट निर्यात हुन थालेर नेपाललाई यस्तै खुसी प्राप्त भएको छ । वार्षिक १८ खर्ब रुपियाँ हाराहारीको आयात र दुई खर्ब रुपियाँ हाराहारीको मात्र निर्यातले अर्थतन्त्रमा विदेशी मुद्राको ठूलो चाप परिरहँदा यो उलपब्धि आफैँमा खुसी हो । त्यसै पनि विदेशी मुद्रा आर्जन गर्ने आधार सीमित छ र आयात गर्न नेपाली मुद्रामा हुँदैन ।
निष्पक्ष छानबिनको अपेक्षा
बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयभित्रै अनाधिकृत व्यक्तिको संंलग्नताको प्रकरण प्रतिनिधि सभामा चर्किएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । जेठ १५ मा बजेट सार्वजनिक भएको केही दिनपछि यो मामिला बाहिर आउन थाल्यो ।
नहोस् सेवाग्राहीलाई सास्ती
नागरिकलाई सहज सेवा दिनु राज्यको पहिलो दायित्व हो । सहज सेवा कठिन हुँदैछ । पहिले राजधानीस्थित नारायणहिटी दरबारको पश्चिमी परिसर तथा अहिले त्रिपुरेश्वरमा देखिने मानव भीडले नेपालमा राहदानी बनाउने इच्छुक नागरिकको चाप तथा सरकारी संयन्त्रको व्यवस्थापन चुस्ततालाई सङ्केत गरिरहेको छ ।
‘होल्डिङ सेन्टर’को पर्खाइ
केही समय यतादेखि कोरोना (कोभिड १९) सङ्क्रमणमा क्रमिक रूपमा बढ्दै गएको पाइएको छ । यो स्थिति नेपाललगायत छिमेकी मुलुक भारतमा समेत वृद्धि हुँदै गएको पछिल्ला आँकडाहरूले पुष्टि गरिरहेका छन् । विश्वका अन्य क्षेत्रमा पनि कोरोनाको सङ्क्रमण वृद्धिका समाचार दिनहुँजसो सुनिनमा आएका छन् । यसबाहेक कोरोनाको नयाँ सब भेरियन्टको विकास भइसकेको सम्बन्धमा विभिन्न समाचार प्रकाशमा आए पनि सरकारले मुलुकमा यस किसिमको सब भेरियन्ट नपाइएको सार्वजनिक गरेको छ । कोरोना फेरि फैलन सक्ने भय यथावत भइरहँदा त्यसप्रति सजग हुने पर्ने आवश्यकता भने देखिएकै छ ।
विज्ञापन आचारसंहिता
वर्तमान सञ्चार युगमा उत्पादित वस्तु वा सेवाको बिक्री प्रवद्र्धनका निम्ति विज्ञापनको विशिष्ट महत्त्व रहँदै आएको छ । यो अति नै प्रतिस्पर्धात्मक समयले विज्ञापनका कारण सेवा वा वस्तुले लक्षित उपभोक्ताको ध्यानाकर्षण गर्ने मात्र नभई पृथक् पहिचान कायम गर्न पनि सक्षम हुन्छन् । फलस्वरूप ठूला उद्योगहरूले निश्चित प्रतिशत विज्ञापन खर्चका रूपमा छुट्याएका पाइन्छन् तर हिजोआज विज्ञापनका नाममा विभिन्न नकारात्मक गतिविधिले पनि प्रश्रय पाइरहेको छ । यो आमउपभोक्ताले महसुस गर्दै आएका तथ्य पनि हुन् । सञ्चारका विभिन्न माध्यमबाट गरिने श्रव्य, दृश्य, छापा तथा अन्य विज्ञापनहरूको भाषा, शैली, प्रस्तुति आपत्तिजनक पनि रहने गरेका छ
निजगढमा उच्च नेतृत्व
बारा जिल्लाको निजगढमा निर्माण गरिने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो आदेशले निकै तरङ्ग सिर्जना ग¥यो । यो विमानस्थल निर्माणको सम्भाव्यतालगायतका अन्य विषयका सम्बन्धमा अध्ययन सर्वेक्षण आदि कार्यका निम्ति हालसम्म नेपाल सरकारले ठूलो धनराशि खर्च गरिसकेका अवस्थामा अदालतको आदेश पर्यावरण तथा रुख कटानीसँग जोडेर आयो ।
महानगरको सकारात्मक कदम
माग्ने समस्या नेपालमा मात्र सीमित छैन। संसारभर नै फैलिएको छ भन्दा हुन्छ । विशेषगरी दक्षिण एसियाली मूलका जस्ता देखिने माग्नेहरूबाट आजित भएर बेलायतका अझ विशेष गरेर लन्डन महानगरवरिपरि चल्ने रेलहरूमा माग्नेलाई पैसा तथा अन्य वस्तु दिएर प्रोत्साहित नगर्न यात्रुवर्गमा अनुरोध गरिएका सूचना रेलभरि नै टाँसिएका देख्न पाइन्छन् । रेल, बस तथा सडकमा यसरी माग्नेका जमात देखिनु सभ्य समाजका लागि पक्कै पनि शोभाको विषय होइन । यसबाट समष्टिमा समाजको प्रतिष्ठामा नै नकारात्मक छवि निर्माण पनि हुने आशङ्का बढी नै हुन्छ । अझ डरलाग्दो पक्ष त गिरोहहरूले अशक्त, बालबालिका, महिला आदिलाई प्रयोग गरेर आफ्नो व्यवसाय चलाइरहेको हुन्छ ।