चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्छ: मुख्यमन्त्री
राममणि दाहालहेटौँडा, माघ १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले हाम्रो चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने बताउनुभएको छ ।तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६१ (डुलः सा पुखी ल्हो) सोनाम ल्होसारको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले सोनाम ल्होसार पर्वले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।मुख्यमन्त्री लामाले सोनाम ल्होसारको अवसरमा सम्भोटा र नेपाली भाषामा शुभकामना जारी गर्दै आफू नेतृत्वको बागमती प्रदेश सरकार गठन भए पश्चात् बागमती प्रदेशमा तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन यही माघ११ गते मन्त्रिपरिषद्को बैठकको निर्णयबाट कार्यान्वयनमा लैजाने निर्णय गरिएको स्मरण गर्नुभएको छ ।शुभकामना सन्देशमा उहाँले प्रदेशमा तामाङ भाषाको थप संरक्षण एवम् प्रवद्र्वनमा ठुलो टेवा पुग्ने विश्वास लिएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा अगाडि भन्नुभएको छ, ल्होसारले हामी बिच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।मञ्जुश्री पात्रो अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने सोनाम ल्होसार पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई तामाङ सेलो भाकामा गीत गाउँदै नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ। ’ल्होसार’ तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ मनाउने गर्दछन्। धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्त्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत ठुलो सहयोग पुगेको भन्दै उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।बागमती प्रदेश भित्रका बहुसङ्ख्यक जाति तामाङ समुदायले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको बताउँदै उहाँले बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति
काठमाडौँ, माघ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । “सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ । सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
जसले महायज्ञका लागि १०११ मूर्ति बनाउँदैछन् !
उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उहाँका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उहाँलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ ।
बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ ।
डम्फु र टुङ्नाको संरक्षणमा समुदाय
इलामको फाकफोकथुमका दीपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन भ्याइनभ्याइ छ । आफ्नो समुदायको संस्कार र संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन उहाँहरू लाग्नुभएको निकै भइसक्यो ।
सन्थाल जातीले ‘सोहराय’ पर्व मनाउँदै
झापा सहित पूर्वी नेपालमा बसोबास रहेको आदिवासी सन्थाल समुदायले परम्परागत ‘सोहराय’ पर्व मनाएका छन् ।
ल्होसार पर्व तामाङ संस्कृतिकै अभिन्न अङ्ग : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्ज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गर्नुभएको छ । सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए ।
थारू साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सवको तयारी पूरा
थारु कल्याणकारिणी सभा (थाकस) बढैयाताल बर्दियाले आयोजना गर्ने थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सव २०८१ को तयारी पूरा भएको छ ।
राष्ट्रिय सोनाम ल्होछार महोत्सव मङ्गलबारदेखि
सोनाम ल्होछार पर्वका अवसरमा मङ्गलबारदेखि तीन दिने सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङका अध्यक्ष एवम् राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त महोत्सवबारे जानकारी दिनुभएको हो ।
आकर्षणको केन्द्र बन्दै थारू सङ्ग्रहालय (फोटो फिचर)
दाङको दङ्गीशरण गाउँपालिका –३ चखौरामा स्थापना भएको थारू सांस्कृतिक सङ्ग्रहालय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ ।
बरघर प्रथालाई कानुनी मान्यता दिइने
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डँगौरा) समुदायको बरघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ ।
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् ।
नाचिन छाडे धाननाच
तेह्रथुम, माघ १३ गते । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ [लिम्बू] जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ [लिम्बू] समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताउनुभयो ।उहाँका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन । समयक्रमसँगै धाननाच बेलाबखत आयोजना हुने कार्यक्रमका स्टेज र भिडियोमा सीमित हुन पुगेको छ । धाननाच याक्थुङ [लिम्बू] जातिको एक सम्मानित सांस्कृतिक नाच भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ बताउनुहुन्छ । उहाँका अनुसार धान नाच्नपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाइन्छ । यदि साइनो–सम्बन्ध लागेमा क्षमायाचना गर्दै छुट्नुपर्छ । धाननाचका क्रममा अञ्जानवश एकले अर्काको खुट्टा टेकिएमा वा जीउमा छुन पुगेमा दुईहात जोडेर माफी माग्नुपर्छ । धान नाच्दा पालाम [धान नाच्दा गाइने एक प्रकारको गीत] गाइन्छ । धाननाचमा पालाम गाउनु अनिवार्य मानिन्छ । केटा पक्ष र केटी पक्षबीच चरणचरण गरेर सवालजवाफमा गाइने पालाममा सृष्टि उत्पत्तिको प्रसङ्ग, मानवसभ्यताको विकासक्रमका सन्दर्भ, मुन्धुमको चर्चा र मायापिरतीसम्मका कुरा गरिन्छ ।पालामी सवालजवाफका क्रममा एकापसमा माया बस्न गई विवाहसमेत हुन पुग्छ । अध्यक्ष चोङबाङले भन्नुभयो, “याक्थुङ [लिम्बू] गाउँघरमा धान नाच्ने क्रममा पालाम गाउँदागाउँदै माया बसेर विवाह गरेका जोडी अहिले पनि भेटिन्छन् ।” याक्थुङ [लिम्बू] जातिको इतिहास र संस्कृतिसम्बन्धी विज्ञहरूका अनुसार मानिसहरू कृषि युगमा प्रवेश गरेपछि धाननाचको सुरुआत भएको हो । मुन्धुममा वर्णन गरिएअनुसार धपाउन नपाउने शर्तमा फाङ्भङना नामको चराले घैया धानको बीउ ल्याएर दिएपछि मानिसले खेतीपाती गर्न थाले । तर, उनीहरुले फलाएको अन्न दिनदिनै हुलकाहुल चरा आएर खाइदिन थाले । चरालाई धपाउन नपाइने शर्तकाबीच मानिसहरूले अन्न जोगाउने नयाँ उपाय खोजे । उनीहरूले पाकेको अन्नलाई खला बनाई एकैठाउँ जम्मा गरे । युवायुवती भेला भएर एकापसमा हात समाइ गोलो घेरा बनाए ‘छुइ हा ।। हा ।।’ भन्दै धान कुल्चन थाले । यहीँ यारुलाक् [धान कुल्चनु] नै पछि यारुलाङ् [धाननाच] भएको र चरा धपाउन प्रयोग गरिएको ‘छुइ हा ।। हा ।।’ बाटै पालामको व्युत्पत्ति भएको बताइन्छ । अहिले धान नाच्ने ठाउँलाई ‘खला’ भन्ने गरिन्छ भने पालाम गाउँदा ‘छुई हा ।। हा ।।’ वा ‘हाई हा ।। हा ।।’ भन्ने थेगो प्रयोग गरिने लामो धाननाच संरक्षण अभियन्ता राधा फोम्बोले बताउनुभयो । याक्थुङ [लिम्बू] जातिको चिनारी र पहिचान बोकेको यहीँ धाननाच लोप हुने अवस्थामा पुग्नु दुखद् भएको याक्थुङ तङनाम संरक्षण समिति आठराईका संयोजक ताराबहादुर कन्दङवा बताउनुहुन्छ । पाश्चात्य संस्कृतिको बढ्दो प्रभावले युवापुस्ताले बिर्सिँदै गएको धाननाचसँगै अन्य मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ छ ।
संस्कार जोगाउन सांस्कृतिक उत्सव
तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभरी छरिएर रहेका तामाङ समुदाय मिलेर शनिबार बेसीसहरमा साँस्कृतिक उत्सव मनाएका हुन् ।
मूर्ति बनाउन भ्याइनभ्याइ
माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वती पूजाका लागि बजारमा सरस्वतीको मूर्ति निर्माण गर्न कालिगडलाई भ्याइनभ्याइ हुन थालेको छ । श्रीपञ्चमी नजिकिएसँगै सुनसरीका कालिगड दिनरात मूर्ति निर्माण गर्न लागिपरेका छन् ।
भारतमा ‘पशुपति दर्शन अभियान’
नेपाल र भारतबिच प्राचीनकालदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई नवीन ऊर्जा र पुनर्जागृत गर्ने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले धार्मिक अभियान आरम्भ गरेको छ ।
पञ्चे बाजा संरक्षणमा जुट्दै महिला
पञ्चेबाजाको संरक्षण गर्न महिलाहरू जुट्न थालेका छन् ।
माघे सङ्क्रान्तिको सन्देश
महाभारत कालमा इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहले उत्तरायण नलागेसम्म शरीर नत्याग्ने इच्छा व्यक्त गरेका थिए । उनी आफ्नो मृत्युका लागि उत्तरायण कुरेर बसे । माघमा उत्तरायण लागेपछि उनले
पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम
मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
लोकसंस्कृति प्रवर्धन गर्न महोत्सव
मौलिक लोकसंस्कृतिको प्रवर्धन गर्न माघ १० देखि २० गतेसम्म धादिङमा पहिलो पटक लोकसांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।
थारू समुदायले वरघर (भलमन्सा) छान्दै
यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ ।
अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ ।
टुङ्ना वादक फुट्टी शेर्पालाई अन्तर्राष्ट्रिय उपाधि
टुङ्ना (डाम्ङ्यान) वादक फुट्टी शेर्पा हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा उपविजेता बन्नुभएको छ । भारतको सिलगुरीमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो ।
मगर समुदायको 'थाली नाच'
करिब सात दशकअघि म्याग्दीको रघुगङ्गा गाउँपालिका, ७ चिमखोलाबाट सुरुवात भएको थाली नाच अहिले देश तथा विदेशमा लोकप्रिय बनेको छ ।