भञ्ज्याङमाथि भट्टेडाँडा
आहा कति रमाइलो दिन आज खुसीको । प्रकृतिलाई आँखामा भेटेको । आज दिनभरि प्रकृतिमै विलीन भई बिताउने योजना बुनेको । प्रकृतिसँग सन्निकटताको अनुभव गर्न हतारिएको । प्रकृतिको मीठो मुस्कानको स्वागतमा पाहुना बनेर प्रकृतिकै पाखाखेरासम्म चहार्न उत्सुक बनेको । भीर, झोर, झाडी, कुनाकाप्चा, घुम्ती, कुइनेटा आदि सबै छिचोलेर प्रकृतिमै सुन्दरताको रस चाख्ने धोको धेरै पहिलेको । स्थानीयपन र पहिचानको रसास्वादन गरी चखिलो मिठासको आभासमा हराउने लालसा ।
विवेकको सफलता (कथा)
मानपुर गाउँमा विभिन्न जातजाति, भाषाभाषी, धर्मका मानिसहरू बसोबास गर्थे । त्यही गाउँमा सानो घर भएको किसानको परिवार पनि बस्थ्यो । उनीहरू निकै गरिब थियो । त्यो परिवारलाई बिहान एक छाक खाना खाएपछि बेलुकी के खानी भनेर सोच्नु पथ्र्यो ।
आमा र चाडबाड
मेरी प्यारी आमा लगाउनु हुन्छ जामा बनाउने मीठो खाना आमा हेर्नु हुन्छ तारा ठूलो छ संसार सारा
मेरो बाल्यकाल‘कस्तो ?’
म चितवन जिल्लाको निकै दुर्गम गाउँ बाझुलामा जन्मिएकी हुँ । पहिला, हाम्रो समुदायमा बालबालिकालाई विद्यालयमा पढ्न पठाउने चलन खासै रहेनछ ! नजिकै विद्यालय थिएन । पछि आधा घण्टा जति टाढाको दूरीमा विद्यालय खुल्यो । त्यहाँ विद्यार्थीहरू पनि भर्ना भए । अनि म पनि त्यही विद्यालयमा भर्ना भएँ तर हामी विद्यालय जान मनै गर्दैनथ्यौँ । गए पनि पढ्नमा ध्यानै दिँदैनथ्यौँ ।
मेरी प्यारी हजुरआमा
कस्तो छ होला कुन्नी त्यो बादल पारिको देश । याद गर्छु तिमीलाई सधैँ थियौ तिमी निकै विशेष ।
मामाघर (बालकथा)
एउटा गाउँमा आमा र छोरा बस्थे । छोराको नाम राम थियो । रामका बुवा भने खर्चबर्च जुटाउन विदेश जानु भएको थियो । जाडो निकै बढेको थियो । विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा चल्दै थियो । विद्यालयबाट आज राम अलि छिटो घर आयो । आमालाई भन्यो, आमा आजबाट विद्यालय पन्ध्र दिन छुट्टी भयो नि । ए ल गज्जब भएछ म एउटा योजनामा छु । अब तिमीलाई मामाघरमा घुमाउन लौजान्छु । कति भइसक्यो मामाघर जान नपाएको राम आमाको कुरा सुनेर मुसुक्क हाँस्यो । भोलिपल्ट झुल्केघामसँगै आ
कसरी फुर्यो ‘के लत् बस्यो मलाई..’
गजलले युट्युबमा ३८ लाख बढी भ्युज पाएको छ। गजलको शब्ददेखि सङ्गीत र आवाजको चौतर्फी तारिफ भइरहेको छ। जुन सफलता देखेर अचम्मित र दंग हुनुहुन्छ गजलकार प्रदीप मैनाली।
लत (कथा)
झुत्रो कपडा लगाएर सन्दीप मेरै टोलमा घुमिरहेको थियो । ऊ आफ्नै तालमा मनका उल्झ्नसँग छटपटिएको जस्तो देखिन्थ्यो । बेला बेला उसका ओठ चलायमान देखिन्थे । उसले औँला चलाउँथ्यो । दाहिने हात टाउको भन्दा माथि पु-याउँथ्यो, कसैलाई बोलाउँदै छ जस्तो पारामा । मैले, उसलाई अलि परै देखिसकेको थिएँ । ऊ सोचमग्न भएर मतिर आउँदै थियो । म उभिएर उसलाई नियालिरहेको थिएँ । उसलाई ठूलो आपत्ति भएजस्तो मैले लख काटेँ । ऊ मलाई धक्का देलाझैँ गरी आइपुग्यो । तैपनि उसले मलाई देखेन । ऊ मलाई उछिनेर जाँदै थियो । यहीबेला मैले उसको हात च्याप्प समाउँदै भने, “सन्दीप, तिमी कता ? केको हतार हो ? आँखै नदेख्ने भएछौ तिमी त ?” झल्याँस्स सपनाबाट बिउँझिएझैँ गरी उसले भन्यो, “ए तिमी ! म आज अलि तनावमा छु यार । कोठा खोज्नुछ । घरबेटीले तीन
रोचक प्रसङ्गले भरिएको नियात्रा
लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउँदै आइरहनुभएका र नेपाली साहित्य सिर्जनामा अनवरत् कलम चलाइरहनुभएका नियात्राकार कृष्ण बजगाइँको चौथो नियात्राकृति प्रकाशित भएको छ । नियात्राकृतिको नाम उहाँले जापानी भाषाबाट राख्नुभएको छ– उमिहोतारू ।