भाषा र संस्कृतिले जोड्दै नेपालीमन
हाल दुबईमा एरोनोटिकल इन्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।
ए फूल !! (निबन्ध)
तिमी फूल हौ । साँच्चै फूल हौ, तिम्रो पहिचान नै फूल । यस अर्थमा तिमी फूलको अलावा अरू केही होइनौ । कदाचित, तिमीले आफूलाई काँडा हुँ भन्यौ भने पनि म तिमीलाई फूल नै भन्छु । काँडाका रूपमा देख्न सक्तिनँ, काँडा भनेर सम्बोधन गर्न सक्तिनँ । भन्ने त्यही नै होइन र, जो देखिन्छ ! हो, दृष्टिकोण फरक हुन सक्छ, हेराइ अलग हुन सक्छ तर यसको अर्थ यो कदापि होइन कि हेर्नेले आफ्नो दृष्टिकोण बनाएर हेर्दा यथार्थ नै बदलियोस् ! वास्तवमा सत्य त त्यही हो, जो देखिन्छ ।
नेपाल–अङ्ग्रेज युद्धको बखान
युद्ध चलिरहेको समयमा केही नियम हुन्छन् वा बनाइन्छन् । युद्ध कुन विषयबाट र कसरी सुरु हुन्छ भन्ने विषयको अनुमान पहिल्यै नभए जस्तै अन्तिम समयसम्ममा कति क्षति हुन्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । अक्टरलोनीले हेटौँडामा चन्द्रशेखरलाई भने जस्तै आज के कुरा मान्न सकिन्छ, भोलिको दिनमा त्यो मान्न नसक्ने अवस्था आउन सक्छ । युद्धको समयमा हरेक समय र रणनीति महìवपूर्ण हुन्छ र जित्नकै लागि लडाइँ लडिन्छ । खोजपत्रकार मोहन मैनालीको लेखनमा प्रकाशित पुस्तक ‘मुकाम रणमैदान’ मा नेपाल अङ्ग्रेज युद्धकै बखान गरिएको छ । यस पुस्तकमा नालापानीबाट १८७१ साल कात्तिक १० गते सुरु भ
सोलढुङ्गा (लघुकथा)
तल खोला बगिरहेको थियो । दुमालीछालाई आफ्नो घर गोठ पहिरोले लाने हो कि ? सधैँ त्रास मनमा थियो । कहिलेकाहीँ पहिरो हेरेर आफैँ तर्सन्थ्यो । बेहोस भएको अनुभव गथ्र्यो । वारिपारि ठुला भिरपहरा देखेर बेचैन हुन्थ्यो । आफ्नो प्राणभन्दा प्यारो छोराछोरीलाई केही नहोस् भनेर माटोलाई ढोग्दै अनुनय गथ्र्यो । प्रायः सधैँ घरको आँगनमा निस्केर माथि देखिने अग्लो पहाडलाई हेर्दै निरस हुन्थ्यो । वर्षायाममा झन् उसले त्रासमा दिनरात काट्थ्यो । अनि ! दोवां नोक्छौँसँग याचना गथ्र्याे । याचना गरेको पल आत्मा शान्त हुन्थ्यो । विश्वासले मनको त्रास भागेको हुन्थ्यो । जब आकाशमा कालो बादल मडारिएर आउँथ्यो । पानी झर्ला जस्तो हुन्थ्यो । आफ्नो घर पहिरोले बगाएर लाने हो कि ? भयले आक्रान्त हुन्थ्यो । वर्षौदेखि दुमालिछाको जीवन यसरी नै बित्दै गयो । समयहरू फेरिँदै आयो ।
पुरस्कार (लघुकथा)
“सर, नमस्कार । हाम्रो पब्लिकेसनको वार्षिकोत्सवमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ । हजुरले हिमाली जिल्लाहरूको समाचार, अन्तर्वार्ता र विविध लेखरचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है” फेसबुक म्यासेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो । “ल बधाई छ नानी, म धेरै खुसी छु” मैले जवाफ पठाएँँ । हिउँ पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन । गाह्रो मानी मानी म उनीसँगै गएँ । “सर, तपाईं त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहँुदो रहेछ । अरू जिल्लामा पनि यो काम गर्नुभएको थियो ?” उनले जिज्ञासा राखिन् । “हो, मैले ताप्लेजुङदेखि दर्चुलासम्मका नौ जिल्लामा यस्तो काम गरिसकेको छु
मैनाली र कथा दिवस
आज देवीरमणको गति त्यस बालक छात्रको जस्तो थियो, जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरुकहाँ पुग्दछ अर्थात् कथाकार गुरुप्रसाद मैनालीका यी सुन्दर अभिव्यक्ति ८६ वर्षअघि नासो कथाको माध्यमद्वारा नेपाली साहित्य समाजका पाठकसामु सार्वजनिक भएको हो । ऐतिहासिक साहित्यिक पत्रिका शारदामा संवत् १९९२ सालमा ‘नासो’ शीर्षकको कथा प्रकाशित भएपछि मैनालीको साहित्ययात्रा प्रारम्भ भएको थियो । उनले जीवनमा थोरै मात्र कथा लेखे तर ती सबैले उत्कृष्टताको मापन कायम गरे । उनका सबै कथा–सिर्जनाले उच्चताको शिखर चुमेका छन् । कुनै पनि विषयवस्तुमा कथा सिर्जना गर्नुपूर्व कथानक घटनाको क
मित्रताले बाँधेको कलाको गाँठो
गत महिना नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान गुल्जार थियो । नेपाली र युरोपेली मुलुक जर्मनीका कलाकारका कलाले प्रतिष्ठानको ग्यालरी पुग्ने दर्शकलाई आफूतर्फ आकर्षित गरिरहेको थियो । कला कार्यशालामा सृजित कला र कलाकारको स्टुडियोमा गरिएका कलासमेत गरेर ग्यालरीका सम्पूर्ण भित्ता सिँगारिएका थिए । नेपाल र जर्मनीका नागरिकबिचको मित्रतालाई सो कार्यशालाले अझ प्रगाढ बनाउन खोजिरहेको थियो । गत माघ २२ गते अन्तर्राष्ट्रिय कला कार्यशाला सम्पन्न भयो । सो कार्यशालामा नेपालका प्रतिष्ठित साथै उदयीमान कलाकारहरू र जर्मनीका आठ जना ख्यातिप्राप्त कलाकार गरी ४० जनाको सहभागिता थियो । कार्यशालालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना र व्यवस्थापन गरेको थियो ।
नेपालगन्ज उर्दु साहित्यको उर्वर भूमि
सांस्कृतिक सहरका रूपमा समेत परिचित नेपालगन्जमा उर्दु साहित्यिक गतिविधि निरन्तर हुने गरेका छन् । यहाँका साहित्यकारले भने उर्दु साहित्यलाई प्राथमिकतामा नराखेको गुनासो व्यक्त गरेका छन् । यो सहरले उर्दुका गजल घन्किने र मुसायराहरू निरन्तर गुञ्जिने स्थानका रूपमा चिनारी दिँदै आएको छ । यहाँका मानव बस्ती र उर्दु साहित्यको इतिहास केलाउँदा वर्षौंदेखि उर्दु साहित्यको एक राम्रो उर्वर स्थान मानिन्छ । यद्यपि उर्दु साहित्यको विकास राज्यको प्राथमिकतामा नपरेको गुनासो यहाँका उर्दुभाषी कवि र गजलकारको रहँदै आएको छ । हिन्दु, मुस्लिम, सिख र इसाईको साझा सहरका रूपमा परिचित यो ठाउँ सामूहिक संस्कृति र साहित्यका लागि पनि परिचित छ । त्यसैले यहाँ हुने हरेक जसो साहित्यिक गतिविधि र कार्यक्रममा नेपाली भाषाका कविता, गीतसंगै उर्दु भाषाको गजल पनि अनिवार्य सुनिने गरेको छ । उर्दु गजल र सायरीले यहाँका साहित्यिक कार्यक्रमको वातावरण रोमाञ्चक बनाउने गरेको छ ।
प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ सार्वजनिक
साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लोकार्पण भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लोकार्पण भएको हो।