चित्रकार र पल्पसाको प्रेम ‘पल्पसा क्याफे’
नाटकको सुरुवातमा कलाकारहरूले बेलुनलाई माया गर्दै मुसारी रहन्छन् । लाग्छ बेलुनले केही प्रतिक्रिया जनाउँदै छ । बेलुनसँगै बम पड्कन थाल्छन् । अनि सुरु हुन्छ झुस्स दारी पालेका अग्लो कदको एउटा केटो र पल्पसाको सवाद । चित्रकारलाई सबैकुरा थाहा छ ।
डेल्फिक काउन्सिल छलफल
कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्कस्तरीय सचिवालय नेपालमा ल्याउन छलफल सुरु भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा नेसनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीले अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका सेक्रेटरी जनरल रमेश प्रसन्नासँग छलफल सुरु गर्नुभएको हो ।
रातो मच्छिन्द्रनाथको जात्रा सुरु
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ शुक्रबार मङ्गलबजारबाट सुन्धारातर्फ तानिएको छ । ललितपुरको पुल्चोकबाट मङ्गलबजार लगिएको रथ त्यहाँबाट तानेर सुन्धारातर्फ ल्याइएको हो । वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म हुने जात्रा हेर्न ठूलो सङ्ख्यामा सर्वसाधारण भेला भएका थिए । सडकदेखि घरको छतसम्म रथयात्रा हेर्ने मानिसको भीड थियो ।
‘प्रदेशमा मिडिया’ सार्वजनिक
सङ्घीय प्रणालीमा सञ्चारमाध्यमको अवस्थाबारे अनुसन्धानात्मक पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा सङ्घ र प्रदेशमा रहेका मिडियाको अवस्थालाई सर्वेक्षणसहित पत्रकारको तथ्याङ्क पनि उल्लेख गरिएको छ । पुस्तकभित्र नेपालमा आठ हजार ९५३ सञ्चारमाध्यम जसमा ४७ सय ८९ पत्रिका, आठ सय ८० एफएम रेडियो, १६४ टेलिभिजन र ३१ सय २० अनलाइन सञ्चारमाध्यम भएको उल्लेख छ । नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका पत्रकारको सङ्ख्या १३ हजार ७७ जना रहेको जानकारीसमेत पुस्तकभित्र छ । कार्यक्रममा प्राध्यापक पी खरेलले सञ्चारमाध्यमको एकीकृत तथ्याङ्कले सङ्घ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले सञ्चार क्षेत्रको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पु-याउने बताउनुभयो ।
वानीरा प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई
साहित्यकार डा. वानिरा गिरी प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ ।
कलाकार सभ्यताका बाहक हुन् : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु सभ्यताका वाहक हुन् भने उहाँहरुले गरेका सिर्जना राष्ट्रका अमूल्य निधि र सम्पदा रहेको बताउनुभएको छ ।
शुभबहादुर र तीर्थकुमारी सम्मानित
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १९ गते । भजन शिरोमणि भक्तराज आचार्यको नाममा स्थापित ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८’ सङ्गीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपियाँसहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो । त्यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’ बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार एक रुपियाँ प्रदान गरियो ।
कवि डा. गिरिको एकल कविता वाचन
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्रा’ को ६७ औँ शृङ्खलामा साहित्यकार प्रा डा जीवेन्द्रदेव गिरिका एक दर्जन कविताको प्रस्तुति भएको छ । स्रष्टाहरुलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शुङ्खला कोभिड—१९ का कारण केही वर्ष भर्चुअल रुपमा सम्पन्न भएका थिए ।गत महिनादेखि भौतिक उपस्थितिमा पुनः सञ्चालनमा ल्याएको छ । नेपाली भाषा, साहित्य, लोकसाहित्य, बाल साहित्य र संस्कृतिका विषयमा अध्ययन, अनुसन्धान तथा दर्जनौ कृति प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव एवं प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष डा गिरीको गत वर्ष ‘झुल्के घाम’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । उहाँका गीत, बाल कविता र फुटकर कविता पनि प्रकाशित छन् । वि.सं.२००९ असार ८ गते सुर्खेतको सिम्तामा जन्मनुभएका डा गिरिले ‘सिम्ताली भाषाको भाषा वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सिङ्गो जीवन प्राध्यापनमा, लोकसाहित्यको अनुसन्धानमा, नेपाली समालोचनाका क्षेत्रमा समर्पित गर्नुभएको छ ।डा गिरिले ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका कविता वाचन गर्नुभयो । सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको र ‘बाबा विदेश जानुभो’ शीर्षकको बाल कविता वाचन गर्नुभयो । कवि सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ र ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो । देबु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भषामा अनुवाद गरिएको गीत गाउनुभयो ।कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय संस्कृति विभाग प्रमुख रघुजी पन्तले डा गिरिमा मातृभाषा र मातृस्थलका विषयलाई अनुसन्धान र कृतिमार्फत बाहिर ल्याउन योगदान दिनुका साथै रुप र विचारका उहाँका कृतिहरु पठनीय भएको बताउनुभयो । नेता पनतले भन्नुभयो, “कवितामा विचार, भाव, रूप पक्षको सन्तुलन भयो भने कविता उत्कृष्ट हुन्छ । बालक निर्दाेष भएजस्तै बालसाहित्य पनि निर्दाेष हुनुपर्छ । वाचित भएका कविता तथा गाइएका गीतमा बालकविता बढी सुन्दर लागे ।” राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्यको निरन्तरताका लागि खुशी व्यक्त गर्दै डा गिरिको प्रेरणालाई शक्तिमा रुपान्तरण गरी महासङ्घका सात वटै घटकलाई आफ्नो उद्देश्यमा सक्रिय तुल्याउन भूमिका निर्वाह गर्ने बताउनुभयो । समालोचक प्रा डा कृष्णप्रसाद घिमिरेले गिरीका कविता सुनिसकेपछि तत्काल स्रोतालाई प्रभाव पार्ने गुण उहाँका कवितामा पाइने बताउनुभयो । सङ्घका अध्यक्ष राम विनयले अविरल जनसाहित्य यात्रालाई प्रदेशगत रुपमा पनि सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाउनुभयो । सङ्घका महासचिव प्रकाश सिलवालले डा गिरिको साहित्यिक र सङ्गठनिक योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताका लागि उहाँको जीवन प्रेरणादायी हुने बताउनुभयो ।
सीमान्तकृत वर्गको आवाज ‘उलार’
आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’ यति बेला कौसी थियटरमा मञ्चन भइरहेको छ ।