मोती जयन्तीको सन्दर्भमा गजल उत्सव
१५९ औँ मोती जयन्तीको सन्दर्भमा गल्याङ–३ मा गल्याङ गजल उत्सव– २०८१ गरिएको छ। गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङले युवाकवि मोतीराम भट्टको सम्झना तथा साहित्यको माहौल सिर्जना गर्ने उद्देश्यले गजल उत्सव गरेको हो।
प्रेम विद्रोह (कथा)
म जब ऊसँग एक्लै हुन्थेँ, म आफैँमा निकै दङ्ग, फुरुङ्ग र कता कता हराए जस्तो हुन्थँे । कहिले उसको सम्झनाले मप्रति एकाग्रता पैदा गथ्र्यो । मेरा आँखा
तीन कृतिलाई फेडोल सम्मान
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा तीन कृतिका लेखकलाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरिएको हो । प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्नुभएको हो ।
पुनर्जन्मको कथा ‘काँचो धागो’
नाटक ‘काँचो धागो’ मा गण्डकी प्रदेशमा बोलिने बोलचालको भाषादेखि लिएर मगर जातिको ठाडोभाकाको लोकगीत, सङ्गीत र नृत्यका साथै गन्धर्वको गीतको मौलिकता भल्किन्छ । समाजमा देखिने समाजिक बेथितिलाई नाटकमा पेचिलो ढङ्गमा पस्कन माहिर निर्देशक तथा लेखक आशान्त शर्माले यस पटक पनि नाटक ‘काँचो धागो’ मार्फत दर्शकलाई भावनामा बग्न बाध्य बनाएका छन् । काठमाडौँको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटकमा मानवीय स्वभाव, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोड्न खोजिएको छ ।
पाँचजना हास्यव्यङ्ग्यकर्मीलाई पुरस्कार
नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कार २०८१ का लागि पाँच जना हास्यव्यङ्ग्यकर्मीलाई समर्पण गर्ने निणर्य गरिएको छ।
ज्ञानको स्रोत पुस्तकालय
मानिस ज्ञानको भोको र जिज्ञासु प्राणी हो । यही भोक र जिज्ञासाको बिचबाट संसारमा प्रतिदिन नवीनतम सिर्जना भइरहेको छ, जसले मानव जीवनलाई परिष्कृत र सहज बनाइरहेको
मक्खली गोसाल (कथा)
रातको तेस्रो प्रहर काट्दासम्म पनि भद्दालाई निद्रा परेन । मस्तसँग सुतिरहेका खसमलाई सुस्तरी झकझक्याइन्, “स्वामी अब उठ्नुहोस्, ब्रह्ममुहूर्तले छोडिसक्यो, छिटो भागौँ ।” मङ्ख जर
नेपाली समालोचनाको ग्रन्थमणि
नेपाली समालोचना लेखनले विविधतामय विशेषताका साथ विभिन्न चरण पार गरेको देखिन्छ । यस क्षेत्रमा शोधखोज र अनुसन्धानमूलक एवं वस्तुपरक÷भाषाशैलीपरक समालोचना
घुमीफिरी रुम्जाटार
नेपाली उखान टुक्कामा प्रयोग भइरहने नाम हो ओखलढुङ्गाको रुम्जाटार । वरिपरि पहाडले घेरिएको सुन्दर फाँट । यसलाई पहाडकी रानी पनि भनिन्छ । पुराना शैलीका घर र यहाँको
आशाको सम्झना (कविता)
‘सीताको पाइला’ नाम परिवेश शरणपुर एसपि आशा घिमिरेको रहेछ यहीँ नै घर साहित्य मात्र हो
नेपालको स्विट्जरल्यान्ड ‘जिरी’
लोक सेवा, शिक्षक सेवालगायतका अन्य निजामती तथा सरकारी सेवाको तयारीका लागि अध्ययन गरिने पुस्तक सामान्य ज्ञानमा एउटा प्रश्न सोधिन्छ, त्यो हो नेपालको स्विट्जरल्या
प्रेमशान्तिलाई वैकुण्ठ लाकौल पुरस्कार
साहित्यकार प्रा. प्रेमशान्ति तुलाधरलाई यस वर्षको वैकुण्ठ लाकौल पुरस्कार प्रदान गरिएको छ । नेपालभाषा केन्द्रीय विभागद्वारा शुव्रmबार आयोजित कार्यव्रmममा सो पुरस्कार प्रदान
नेपाल–भारत बालनाटक महोत्सव सुरु
बालबालिकाको अभिनय कला प्रवर्धनको उद्देश्यसहित ‘छुनुमुनु नेपाल–भारत बालनाटक महोत्सव–२०८१’ शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । छुनुमुनुद्वारा आयोजित बालनाटक महोत्सव भदौ २० सम्म नेपाल फिल्म क्याम्पसमा सञ्चालन हुने जनाइएको छ । महोत्सवका निर्देशक प्रभाकर न्यौपानेका अनुसार नेपाल र भारतका बालकलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।
मदन पुरस्कार मैनाली र जगदम्बा श्री पुरस्कार यादवलाई
२०८० सालको मदन पुरस्कार मोहन मैनालीद्वारा लिखित ‘मुकाम रणमैदान’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको हो।
महिला आयोगमा तिज
राष्ट्रिय महिला आयोगले तिजलाई तडकभडक रूपमा नभई मितव्ययी बनाउनुपर्ने सन्देश दिन तिज पर्व मनाएको छ । तिज विशेष कार्यक्रममा श्रमिक महिला सहकारी नौमती बाजा समूहको विशेष प्रस्तुति रहेको थियो । आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाको महान् चाड तिज कार्यक्रमले महिला सशक्तीकरणको सन्देश दिनुपर्नेमा जोड दिनुभयो । मधेशी आयोगका सदस्य रेणुकुमारी साहले तिजलाई भड्किलो नबनाई कला, संस्कृति जोगाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभयो । आयोगका सचिव पार्वती अर्यालले तिज पर्वलक्ष्यित आयातलाई घटाउन घरमै भएका कपडा, गहना, सजावटका सामग्रीलाई फेरि फेरि प्रयोग गर्ने संस्कारको थालनी गर्न सके आर्थिक बचतमा टेवा पुग्दा आर्थिक सशक्तीकरणको पाटो सबल हुने बताउनुभयो ।
हराउँदै तिजको मौलिकता
हिन्दु महिलाले मनाउने तिज पर्व मनाउने तरिकामा सहरदेखि गाउँसम्म परिवर्तन देखिएका छन् । तिज आउनु हप्तौँअघि नै मन मिल्ने समूह बनाउने र होटेलमा दर खाने कार्यक्रम सुरु भइसकेको छ । भड्किलो बन्दै गएको तिज सामान्य महिलाका लागि ‘मन अमिलो’ बन्ने पर्व हुन थालेको छ । तिज पर्व भड्किलो र विकृति भित्रिँदै गएको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका महिलाले गौरा तथा तिज मिलन कार्यक्रम आयोजना गरी पर्वको मौलिकतामा जोड दिएका छन् ।
नृत्यको हुटहुटी ‘नूग् : द्य’
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘नूग् : द्य’ मञ्चन भइरहेको छ । नेपाल भाषामा ‘नूग् : द्य’ अर्थात् भित्री आत्मा हो । मुख्य पात्र नुहाङकै लेखनमा विजय तामाङ ब्लोनले नाटकको निर्देशन गर्नुभएको हो । डान्सर बन्ने हुटहुटी बोकी हिँड्ने लोप्साङको जीवनमा आउने उतारचढावलाई नाटकमा प्रस्तुत गरिएको छ । तिनै कलाकारको उतारचढावलाई नाटकमा विभिन्न कोणबाट देखाउन खोजिएको छ । नृत्यको सपना पुनः सँगालेर आएका लोप्साङले आफूलाई त उभ्याएका छन् नै तमाम युवालाई समेत सपना देख्न र सपनाको गन्तव्यमा हिँड्न सिकाएका छन् । नाटकको सुरुवात राष्ट्रियस्तरको नृत्य प्रतिस्पर्धामा ‘म्याजिक क्रु’ को अन्तिम राउन्डको प्रस्तुतिबाट भएको छ । अन्तिम राउन्डको प्रस्तुतिकै क्रममा लोप्साङको नृत्य सपनामा अचानक तुषारापात हुन्छ । नृत्य देखाइरहनुपर्ने लोप्साङ जब ह्विलचियर देखिन्छ त्यसपछि उनी आफ्नो विगतमा फर्कन्छन् । उनका जीवन भोगाइ विस्तारै विस्तारै खुल्दै जान्छन् ।
खतरा (कथा)
ऊ ओरालो लाग्दै थियो र अर्कोतर्फबाट साइकिल डो-याउँदै एक अपरिचित उकालो लाग्दै थियो । ओरोलो लाग्दै गरेको मोहन थियो र उकालो लाग्दै गरेको रामप्रसाद । साइकिल डो-या
थारू लोककला कार्यशाला सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीद्वारा दुर्गौलीमा आयोजित तीनदिने ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलबार सम्पन्न भएको छ । कार्यशालामा २२ जना स्थानीयको सहभागिता रहेको थियो । कार्यशालामा तयार पारिएका थारू लोकचित्रकलामध्ये जुना चौधरीको चित्रकला प्रथम भएको थियो । त्यस्तै सङ्गीता चौधरी र विनिता चौधरी द्वितीय र सम्झना चौधरी तृतीय हुनुभएको थियो । त्यस्तै चन्द्रलाल चौधरीको चित्रकलाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । कार्यशालामा विष्णुप्रसाद चौधरीले थारू लोककलाका विषयमा प्रशिक्षण दिनुभएको थियो । जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई राष्ट्रिय गतिविधिसँग जोड्दै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।
डर (कथा)
“ह्याँ पैसो कसले गाडेको हँ ?” पूजाखण्डबाट माल्दाइले मुसुमुसु हाँस्दै सोध्नुभयो । बिहान
मनाइयो स्थापना दिवस
नेपालभाषा मिसा खलःको ३५ औँ स्थापना दिवस सोमबार काठमाडौँमा मनाइएको छ । सो अवसरमा बिकुमाया श्रेष्ठलाई ‘रमा कौशल्या लुमन्ति सिरपाः’ प्रदान गरिएको थियो । सो पुरस्कारका दाता साहित्यकार मथुरा सायमिले पुरस्कार प्रदान गर्नुभयो । विसं २०१८ मा वीर अस्पतालमा नर्सिङ सेवामा प्रवेश गरेकी बिकुमायाले लामो समय स्वास्थ्य सेवा दिनुभएबापत सो पुरस्कार प्रदान गरिएको हो ।
थाहामा फोटो प्रदर्शनी
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुईदिने फोटो प्रदर्शनी गरिएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा थाहाको शिखरकोटमा फोटो प्रदर्शनी गरिएको हो ।
धान नाचमा रमाउँदै लिम्बू समुदाय
मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य धान नाच (याःलाङ) आयोजना गरेका छन्। लाखेजात्राको अवसर पारेर धान कार्यक्रमको आयोजना गरी लिम्बू समुदायका मानिस धान नाचेर रमाएका हुन्।
लालबन्दी वाङ्मय पुरस्कारमा ‘बोरा’ छनोट
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि पत्रकार अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ छनोट भएको छ । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले सो पुरस्कार स्थापना गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । परिषद्द्वारा जारी विज्ञप्ति अनुसार लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएको उत्कृष्ट १० कृतिमध्ये भण्डारीको ‘बोरा’ सर्वोकृष्ट छनोट भएको हो ।