पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ
विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्।
स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ
रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ।
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
अध्यागमनका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध मुद्दा
त्रिभुवन विमानास्थल अध्यागमन कार्यालयका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा भिजिट तथा पर्यटन भिसामा विदेश जानेबाट घुसबापत मोटो रकम लिने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय
पाकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।
नक्कली नोटसहित एक जना पक्राउ
सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
हत्या आरोपमा एक पक्राउ
बर्दियामा एक युवकको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङका महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–१ मंझराबाट पक्राउ गरेको छ ।
सरकारी जग्गा किर्ते गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान
सरकारी जग्गालाई नक्कली कागजातहरुको आधारमा किर्ते गरी जग्गाधनी पुर्जा बनाउन सफल एकजना प्रतिवादीलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका छन् ।
बाँकेमा १३८ ग्राम लागुऔषधसहित ६ जना पक्राउ
पछिल्लो केही वर्ष यता बाँकेको नेपालगन्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाई समेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न विशेष अप्रेसननै सञ्चालन गरेको छ ।
पाँचथरमा एक वर्षमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना
पाँचथरमा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्कलन गरेको तथ्याङ्कमा सो घटना अभिलेखिकरण भएका हुन् ।
एकीकृत कसुरका आरोपित लामालाई धरौटीको सुविधा
जिल्ला अदालत काठमाडौँले तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) ग्रुपका तेन्जिन दावा लामा भन्ने तेन्जिन राप्तेनलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । एकीकृत कसुरको माग दाबीसमेतका दुई मुद्दामा अदालतले लामालाई धरौटीमा रिहाको आदेश गरेको हो ।
घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड
चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
फरार कैदीबन्दी पक्राउ
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान हुँदै
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड ७३ लाख रुपियाँ अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । राजनीतिज्ञ, उच्च प्रशासक र प्राधिकरणका कर्मचारीसमेत ५५ जनालाई प्रतिवादी बनाइए पनि अनियमितता आशङ्का गरिएका सबै विषयमा मुद्दा चलाइएको छैन । अख्तियारकै अनुसार आयोजना निर्माण प्रक्रिया र निर्णयबारे अझै तीन विषयमा छुट्टाछुट्टै अनुसन्धान जारी छ ।