थुनुवा कैदी हतकडीसहित फरार
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १९ गते । कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने क्रममा घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभएको छ ।१४ जेठमा पाण्डेसहित अन्य दुई जनालाई प्रहरीले आगूऔषधसहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
किशाेरीलाई अपहरणपछि दुर्व्यवहार गरेकाे आरोपमा ६ जना पक्राउ
कपिलवस्तुकी १७ वर्षीया किशाेरीकाे अपहरणपछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
अदुवा खेतीको नाममा नक्कली बिल बनाउने घिमिरेविरुद्ध अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल) का अध्यक्ष ओम प्रकाश घिमिरे र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
विजुलीको ट्रान्सफर्मर फोडेर तामाको तार चोरी
जानु पाण्डेकपिलवस्तु जेठ १८ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ मा सिंचाई प्रयोजनका लागि राखिएको ट्रान्सफर्मरबाट तामाको तार चोरी भएको छ । वहादुरगन्ज बजार नजिकको बस्तीका कृषकले ट्युववेल मार्फत सिँचाई प्रयोजनका लागि राखिएको ट्रान्सफर्मर फोडेर तामाको तार र ट्रान्सफर्मर भित्र हुने तेल चोरी गरिएको हो ।देवानगढिया गाउँको पुर्वमा रहेको र डगरमरवा गाउँमा रहेको ट्युबवेलको मोटर चलाउन राखिएको ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । तीन दिनको फरकमा चोरी भएको इलाका प्रहरी कार्यालय वहादुरगन्जका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्र गिरीले बताउनुभयो । चोरी गर्ने गिरोह पत्ता लगाउन अनुसन्धान सुरु भएको उहाँको भनाई छ ।
३० हजार घुस लिने रायमाझी अख्तियारको नियन्त्रणमा
नापी कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको नियन्त्रणमा पर्नुभएको छ ।
कैदी आत्महत्या घटनाको स्थलगत अनुसन्धानका लागि समिति गठन
गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागारमा कैदीको आत्महत्या घटनाको छानबिनका लागि समिति गठन गर्नुभएको छ ।
श्रीमानको यातनाले गीताको मृत्यु
शान्ता अधिकारी चितवन, जेठ १७ गते । श्रीमानको क्रूर यातनाबाट घाइते भएका खैर नगरपालिका १० का गीता माझीको ज्यान गएको छ । श्रीमान रामचन्द्र माझीद्वारा याैनाङ्ग क्षतविक्षत बनाएपछि उपचारको क्रममा भरतपुुर अस्पतालमा सोमबार राति ११:३० बजे गीताको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार आफ्नै घरमा बन्धक बनाएर क्रूर यातनापछि रगताम्य भएका गीतालाई स्थानीयको सहयोगमा उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । चिकित्सकका अनुसार गीताको याैनाङ्गको चार तह च्यातिएको थियो । उहाँको याैनाङ्गमा शल्यक्रिया गरे पनि उपचार सफल हुन नसक्दा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्यालगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो ।घाइते महिलाको मृत्यु भएपछि प्रहरीले प्रतिवेदनको आधारमा ज्यान मार्ने उद्योग र जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर रामचन्द्रलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङ्टार नगरपालिका–२ घर भई हाल काठमाडौं नार्गाजुन नगरपालिका–१ बस्ने ५१ वर्षीया लक्ष्मी सापकोटा रहनुभएको छ ।
एम्बुलेन्स चालक पक्राउ
सुनकोशी गाउँपालिका–७ पाङगे्रटारको दुई किलोमा जेठ ११ गते एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना गराएर फरार रहेका एम्बुलेन्स चालक रबिन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना एक बृद्धाको मृत्यु भएको थियो तर चालक फरार रहेका थिए ।