विश्व लेजेन्ड्स क्रिकेटमा पारस
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले विश्व लेजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ । आयोजक लेजेन्ड्स लिग क्रिकेटले आइतबार पारसले लिग खेल्ने जानकारी दिएको हो ।
न्युजिल्यान्डलाई एक खेल अगावै सिरिज
पाहुना टोली न्युजिल्यान्डले आयरल्यान्डविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ । बेलफास्टमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डलाई ८८ रनले हरायो । यससँगै न्युजिल्यान्डले तीन खेलको सिरिज २-० ले जितेको छ ।
नेपालको प्रशिक्षक छाडेसँगै पुबुदु क्यानडाको प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकले क्यानडाको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक पुबुदु दसानायकेले बुधबार मात्र पत्रकार सम्मेलन गर्दै नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गर्नुभएको थियो ।
पुबुदुद्वारा प्रशिक्षक पदबाट राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिनुभएको छ ।
संकटमा नेपालको एक दिवसीय मान्यता
कोरोनाको महामारी अघिसम्म नेपाली क्रिकेट विश्व जगतमा चर्चाको शिखरमा थियो । नेपालका क्रिकेट खेलाडी, प्रशिक्षक र ब्यवस्थापनको मन मिलेको थियो । टोलीको लक्ष्य टी–२० विश्वकपफेरी खेल्ने, नेपालको एक दिवसीय मान्यता कायम राख्दै एक दिवसीय विश्वकप खेल्ने र नेपाललाई टेस्ट राष्ट्रमा पुर्याउने ।
नेपाल टी–२० लिगको चार टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि चार टोलीको घोषणा गरिएको छ । क्यानले सोमबार चार टोलीको नाम सार्वजनिक गरेको हो । लिगमा ६ टोलीको सहभागिता रहने र बाँकी दुई टोलीको घोषणा र मालिक छिट्टै सार्वजनिक गरिने क्यानले जनाएको छ ।
मन्त्री अथकद्वारा मुलपानी क्रिकेट मैदानको अनुगमन
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अनुगमन गर्नुभएको छ । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुग्नुभएका मन्त्री अथकले निर्माणाधिन मैदानको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन पनि दिनुभएको छ ।
ब्याटिङ नचल्दा स्कटल्यान्डसँग नेपालको लज्जासपद हार
कमजोर ब्याटिङले निरन्तरता पाएपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डसँग लज्जासपद हार खेपेको छ ।
नेपालद्वारा स्कटल्यान्डलाई एक सय २९ रनको झिनो लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितको लागि एक सय २९ रनको झिनो लक्ष्य दिएको छ । टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनायो ।