पुबुदुको धोकापछि नयाँ प्रशिक्षक खोज्दै क्यान
क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले क्यान अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग समन्वय गरेर नयाँ प्रशिक्षकको खोजीमा रहेको बताउनुभयो । ‘पुबुदुसँग क्यानले धेरै आशा गरेको थियो । विश्वका राम्रा प्रशिक्षकको प्रस्तावलाई छाडेर हामीले पुबुदुलाई विस्वास गरेका थियौं । तर, पुबुदुबाट एक प्रकारको धोका र वेइमानी भयो,’ मल्लले भन्नुभयो ।
नेपाल टी–२० लिग : भारतीय टिम मालिक खुशी
नेपाली क्रिकेटसँग जोडिन पाएकोका भारतीय लगानी कर्ताहरुले खुशी ब्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज लिगका दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सका मालिकले विहिबार लोगो सार्वजनिक गर्दै खुशी ब्यक्त गर्नुभएको हो ।
सुनसरीमा अन्तरविद्यालय इन्डोर क्रिकेट हुने
इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । साउन २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।
प्रशिक्षकको खोजीमा क्यान
दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ ।
दक्षिण अफ्रिकालाई सिरिज
घरेलु टोली इङ्ल्यान्डविरुद्ध तीन खेलको सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्पटनमा आइतबार राति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ९० रनले हरायो । यससँगै पाहुना टोली दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्न सफल भयो ।
नेत्रहिन क्रिकेट संघमा फेरि घिमिरे
नेत्रहिन क्रिकेट संघ, नेपालको १७औं साधारण सभा एवं छैटौं चुनावी अधिवेशनबाट पवन घिमिरे अध्यक्षमा निर्वाचित हुनुभएको छ । घिमिरे यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
तीन राष्ट्रलाई आईसीसी सदस्य
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्य राष्ट्र १०८ पुगेको छ । इङ्ल्यान्डको् बर्मिङ्गम भएको आईसीसीको वार्षिक साधरण सभाले तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेसँगै आईसीसीमा आवद्ध राष्ट्र १०८ पुगेको हो ।
बङ्गलादेशले टी–२० विश्वकप आयोजना गर्ने
बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टी–२० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको छ ।
क्यान अध्यक्ष चन्दलाई आईसीसी अवार्ड
नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई आईसीसीले ‘लङ सर्भिस अवार्ड’ प्रदान गरेको छ । इङ्ल्यान्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वार्षिक साधारण सभामा चन्दलाई उक्त अवार्ड प्रदान गरिएको हो ।