एनपिएल : चितवन टस जितेर फिल्डिङमा
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अहिले चितवनले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको सुदूरपश्चिम पहिले ब्याटिङ गर्दैछ ।
एनपिएल : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।
एनपिएल : काठमान्डुद्वारा पोखरालाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य
बेन चार्ल्सवर्थ र भिम सार्की चम्किएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टी–२० महिला विश्वकप ग्लोबल छनोट : २६ खेलाडी प्रारम्भिक छनोटमा
आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
एनपिएलः पोखरा टस जितेर बलिङमा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।
एनपिएलः आज दुई खेल हुने
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबर दुई खेल हुँदैछन् ।
एनपिएल : विराटनगरमाथि लुम्बिनीको सानदार जित
टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको हो ।
एनपिएल : विराटनगरद्वारा लुम्बिनीलाई १४५ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।
तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता चतुरबहादुर चन्द
बैतडीसँगै सुदूरपश्चिमको क्रिकेट खेललाई चलायमान बनाउन त्यो बेला दशरथ चन्द एकेडेमीको नेतृत्व गरेका चतुरबहादुर चन्द अहिले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय अध्यक्ष छन् ।
टस लुम्बिनीले जित्यो, विराटनगर ब्याटिङ गर्दै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्दैछ । टस हारेको विराटनगरले ब्याटिङको निम्तो पाएको छ ।
एनपिएल : ब्याटिङमा विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् ।
दुवै खेलमा रन वर्षा
टी–२० क्रिकेटको यस्तो संरचना हो, जसमा दर्शक चौका, छक्कासहित रनको वर्षा भएको हेर्न चाहन्छन् । त्यसैले ब्याट्सम्यान पहिलो बलबाट नै रन बनाउन आतुर हुन्छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालमा मङ्गलबार भएका दुवै खेलमा दर्शकले सही अर्थमा टी–२० को मज्जा लिन पाए ।
एनपिएलः आज लुम्बिनी र विराटनगरबिच प्रतिस्पर्धा हुँदै
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।
एनपिएलः पोखरा ३४ रनले विजयी
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो।
एनपिएलः अर्धशतकको सङ्ख्या २६ पुग्यो
नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ । कर्णाली याक्सका मार्क वाटले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो ।
जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल साह
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पारेको हो ।
पोखराले कर्णालीलाई दियो २०२ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएलं) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको चुनौती दिएको छ ।
एनपिएलमा पोखराका रोसिङ्टनको शतक
नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सका एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभएको छ । मङ्गलबार कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्नुहुँदै उहाँले शतक पूरा गर्नुभएको हो ।
एनपिएल : पोखराविरुद्ध कर्णाली फिल्डिङमा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा कर्णालीले टस जितेर फिल्डिङ रोजेको हो । टस हारेको पोखराले पहिले ब्याटिङको निम्तो पाएको छ ।
एनपिएल : जनकपुरको पहिलो जित
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
एनपिएल : चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।
एनपिएलः आज दुई खेल हुने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् ।
एसिसी यु–१९ प्रिमियर कपमा नेपाल पराजित, युएईलाई उपाधि
संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।
एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ ।