बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै
छिल्लो केही दिनदेखि बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढेसँगै अस्पतालमा बिरामीको भीड बढ्न थालेको जानकारी दिनुभयो ।
‘बेबी मिल्क बैंक’ स्थापना : स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा बेवास्ता गरिरहेको बताउनुभएको छ । मंगलबार प्रशुति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’ स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो ।
भूकम्पले खोटाङमा दुई विद्यालय, एक प्रहरी चौकी र ४७५ घरमा क्षति
साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ ।
म्याग्दीमा पहिरोले घर पुरिदाँ दुई जनाको मृत्यु, तीन वेपत्ता
म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
हिउँदका लागि बोतलमा पानी!
बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका कोक, पेप्सी, फेन्टालगायतका प्लास्टिक बोतलमा पानी भर्दै नसुक्ने ठाउँमा थन्क्याउनु दिनचर्या बनेको छ। त्यसरी पानी जम्मा गर्नेमा मोरङको पाटीगाउँको थामडाँडाका मोहन राई हुनुहुन्छ। उहाँको आँगन र घर वरिपरि करिब दुई हजार बोतल लडेका छन्। उहाँ बर्खामा घर आसपास जम्मा भएको पानी ती बोतलमा भरेर हिउँदका लागि जोहो गर्दै हुनुहुन्छ।
आज नागपञ्चमी पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार (आज) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
पहुँचवालाको बलमा खोला पुरेर कल्भर्ट
दुई दशक अघिसम्म बर्खायाममा पानी परेपछि बढ्ने यज्ञमती र चखुँचा खोलाको पानीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपनको फाँट सिञ्चित हुन्थ्यो। मध्य साउनमा रोपाइँ गर्न भ्याइनभ्याई हुन्थ्यो।
बढ्यो बाढीपहिरोको समस्या
लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन्। मनसुनजन्य विपत्मा परी ३६ जना घाइते भएका छन्। दुई हजार ५८८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
फोहोरबाट मिथेन ग्यास उत्पादन
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।