महँगो पर्दै नोट छपाइ
नेपालमा नोट छपाइको प्रविधि नहुँदा राष्ट्र बैङ्कले बर्सेनि अर्बौं रुपियाँ नोट छपाइमा खर्च गर्नु परिरहेको छ । विश्वव्यापी मूल्य वृद्धि र अर्थतन्त्रको आकार विस्तारका कारण परिमाण पनि बढाउनुपर्ने हुँदा नोट छपाइ खर्च बढ्दो देखिएको हो ।
उम्मेदवारी दर्ता आज
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्नुहुनेछ ।
झिँगा मानाको साढे दुई रुपियाँ !
आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए ।
दशैं मनाउन घर गएकाहरु कर्मथलो काठमाडौं फर्कन थाले (फोटो फिचर)
नेपालीहरुको महान चाड विजया दशमीका लागि उपत्यका बाहिर घर गएकाहरुको दशैं सकिएपछि कर्मथलो काठमाडौं फर्किने क्रम शुरु भएको छ । आइतबारदेखि कार्यालय तथा व्यवसाय शुरु हुने भएपछि कलंकी तथा बल्खु क्षेत्रमा फर्कने यात्रुहरु सघन रुपमा देखिन थालिएका छन् ।
लमजुङ जिप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बेँसीशहर नगरपालिका १ रिठ्ठेबगरमा रोकिराखेको ग १ च ५९३४ नम्बरको बोलेरो जिप ओरालोमा ब्याक भई दुर्घटना हुँदा जिपमा सवार सुन्दरबजार नगरपालिका ३ च्यानपाटाका ६१ बर्षीय मोतिबहादुर मजाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उम्मेदवारी मनोनयन दर्ताको आवश्यक तयारी पूरा
निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । निर्वाचन आयोगले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेको हो ।
जाडोयाम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी घटे
निरन्तरको वर्षापछिको चिसो र जाडो समय शुरु भएसँगै अस्पतालमा डेंगुका बिरामीहरु कम हुँदैगएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैं शुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदैगएको देखिएको हो ।
कनकासुन्दरीमा सात जनाको मृत्यु, आमा–छोरा बेपत्ता
जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।
नेकपा (एमाले) र जसपाबीच चुनावी तालमेलमा सहमति
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच आज शनिबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउने छ ।