स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति
प्रस्तुत छ, नेपालको चिकित्सा क्षेत्रमा भएका विकसित विसङ्गति र राज्यको गैरजिम्मेवारपन तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गरिएका प्रयासका बारेमा प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहसँग राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारी र समाचारदाता सिर्जना राईले गर्नुभएको कुराकानी :
धनुषामा प्रहरीको भ्यानबाट थुनुवा फरार
धनुषामा प्रहरी भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएको छ । इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया प्रहरी भ्यानबाट हाम फालेर फरार भएको हो ।
समस्याग्रस्त सहकारी संस्थामाथि अनुसन्धान सुरु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा अहिलेको समस्या ल्याउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या देखिएको चर्चा गर्दै उहाँले समस्या समाधानका लागि कार्यदल गठन गर्ने काम मात्र गर्ने तर कार्यदलको सुझाव कार्यान्वयन नगर्ने परिपाटीले समस्या थपिएको बताउनुभयो ।
बाटो नै नभएको ठाउँमा पुल बनाउने विरुद्ध मुद्दा दायर
बाटो नै नभएको ठाउँमा पुल बनाएर जनताको करको दुरुपयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्ठा, सोही मन्त्रालयअन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सोलुखुम्बुमा यस वर्षकै पहिलो हिमपात
हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ ।
सरकारी तथ्याङ्क एकीकृत ‘डेटा सेन्टर’मा आउँदैछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताउनुभएको छ।
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ।
सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित
राष्ट्रिय सभाको आइतबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
गण्डकीमा मात्रै तीन अर्बभन्दा बढीको सुन्तला बिक्री
गण्डकी प्रदेशमा मात्र यस वर्ष ३ अर्बभन्दा बढीको सुन्तला बिक्री भएको छ । बजारको कुनै समस्या नभएकाले सुन्तलाबाट मनग्य आम्दानी हुँदा किसानसमेत निकै खुसी भएका छन् ।
आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बकाे बजेट सीमा
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब ४५ अर्ब रुपियाँको खर्च सीमा निर्धारण गरेको थियो तर सरकारले उक्त सीमा नाघेर चालू आर्थिक वर्षको बजेट विनियोजन गरेको थियो ।
नेपाललाई ओलीको पत्र
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ। आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई शनिबार पत्र पठाउनुभएको हो।
बागमती प्रदेशका राप्रपाका तीन जनामन्त्रीद्वारा राजीनामा
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले सरकारबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपति निर्वाचनपछि निरन्तर प्रधानमन्त्री प्रचण्ड : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता हुने बताउनुभएको छ।
तीन वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य
सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०-८१-२०८२-८३) तयार पारेको छ।
बागमती प्रदेशमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिँदै
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना मन्त्रीले सरकारबाट राजीनामा दिने राजीनामा दिने तयारी गर्नुभएको छ ।
आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा तोकियो
राष्ट्रिय योजना आयोगले मध्यकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो ।
जसपा सांसद सहनाज रहमानको निधन
जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ।
मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ : उम्मेदवार नेम्वाङ
नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार एवम् पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।
चितवन–२ मा हुने उपनिर्वाचनका लागि कांग्रेस आयोगमा दर्ता हुने
आगामी वैशाख १० गते आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो
आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुईजना युवालाई प्रधानमन्त्रीको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
सरकारबाट बाहिरियो राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज (शनिबार) बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभएको छ । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेसँगै अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनुभएको हो । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिमा शनिबार एमालेले मनोनयन दर्ता गर्ने जानकारी दिनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्नुभयो ।
राष्ट्रपति निर्वाचन : मनोनयन दर्ता आज
राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो । काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शनिबार बिहान मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची शनिबार प्रकाशन गरिने जानकारी दिनुभयो ।
कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति
सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्।