दिवा खाजा कार्यक्रम फलदायी : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सबल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार
काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (मङ्गलबार) दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
बागेश्वरी मोटरमार्ग बनेपछि डेढ घण्टाको बाटो आधा घण्टामा छोटियो
भानुमार्ग र पृथ्वी राजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ ।
टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता
जिल्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका प्रसूति गृह विद्युत सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ ।
बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क
नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधि निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिनुभयो ।
बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने
वैशाख शुक्ल औँसी अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।
‘धर्मसंस्कृति र सभ्यताले मानसखण्ड क्षेत्र समृद्ध छ’
नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनीधि सभा सदस्य आरजु राणा देउवाले सुदूरपश्चिम काठमाडौंबाट सुदूर भए पनि सनातन धर्म, संस्कृति, सभ्यताका हिसावले केन्द्रमा रहेको बताउनुभएको छ । तीन दिने मानसखण्ड सम्मेलनको सोमबार भएको समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मानसखण्डको ठूलो महत्व रहेको चर्चा गर्दे यस क्षेत्रको विकासमा मानसखण्डको भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको महाराजगज्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।
धनगढीका निजी विद्यालयले शुल्क वृद्धि गर्न नपाउने
धनगढी उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयले चालु शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने भएका छन् ।
५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् ।
मातातीर्थ मेलाका लागि तयारी पूरा
आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (क्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
देशभर तीन दिनसम्म तुवाँलो रहने
केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।
कर्णाली मन्त्रिपरिषद् गठन : कांग्रेस–माओवादीबीच जुट्यो सहमति
कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो ।
छतबाट खसेर रास्वपा सभापति लामिछानेका चालक गम्भीर घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।
मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली
गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ।
एमाले अध्यक्ष ओली अस्वस्थ
भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
सुदूरपश्चिमलाई देशकै समृद्ध प्रदेश बनाउँछौं : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउन हरेक पक्षसँग समन्वय, छलफल गरिरहेको बताउनुभएको छ।
उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान
यही वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको छ।
तीनतिर खोलाले घेरेको गाउँ सधैँ सुख्खा
गाउँको तीन तर्फ खोला छन् । खोलामा पानी पनि प्रशस्त छ त त्यही खोला बीचमा रहेको गाउँ सुख्खा छ । दाङको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
गोल्ड मेडल प्राप्तिपछि नेपाली चियाको माग बढ्यो
चीनमा नेपाली चियाले ‘गोल्ड मेडल’ पाएको खबरले चियाक्षेत्र तरङ्गित भएका बेला विदेशी मुलुकबाट नेपाली चियाको माग राम्रो हुन थालेको छ । चियाको सिजन सुरु हुँदैगर्दा सिजनको सुरुमै विदेशी व्यापारीहरू नेपाली उद्योगसम्म आउन थालेका छन् ।