तरकारी खेतीबाट वार्षिक १५लाखभन्दा बढी आम्दानी
नारायण नगरपालिका वडा नं–२ का वडाध्यक्ष रेशमबहादुर थापा राजनीतिकसँगै कृषि पेसामा रमाइँरहनु भएको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आनुभएका कृषक थापा कृषि पेसाबाट नाम र दाम दुवै कमाउनुभएको छ ।
बर्सेनि मलकै झमेला
काभ्रेपलाञ्चोकका कृषक यस वर्ष पनि रासायनिक मलको अभाव भोग्न बाध्य भएका छन् । उनीहरूको यो समस्या बर्सेनिको हो ।
अर्गानिक उत्पादनतर्फ कृषकको आकर्षण बढ्दो
अछामको मेल्लेख गाउँपालिकाका कृषकहरु अर्गानिक तरकारी उत्पादनमा जुटेका छन् । किसानहरुले रासायनिक, विषादी रहित तरकारी खेती गर्न जोडतोडका साथ लागेका हुन् ।
किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान
झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक, एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ ।
दाङमा स्याउका बिरुवा उत्पादनसँगै खेती विस्तार गरिँदै
भारतको हिमाचल प्रदेशको सिम्लामा १५ बर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी मनु बुढामगर दाङको घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यवसायिक खेतीमा लाग्नुभएको छ ।
रैथाने गाई संरक्षणका लागि किसानलाई भत्ता
गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिएको छ ।
चैते धानले मूल्य नपाउँदा किसान निराश
नवलपुरमा यस वर्ष चैत धान खेति राम्रो भयो । तर धानको उचित मूल्य नपाउँदा किसान भने निराश भएका छन् ।
‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित
कर्णाली प्रदेश सरकारको ‘दुधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट कर्णालीका दुध उत्पादक किसान लाभान्वित भएका छन् ।
बिरुवा बिक्री नहुँदा किसान चिन्तित
रेसुङ्गा मदाने जडीबुटि तथा कृषि उत्पादन प्रशोधन प्रालि गुल्मीले जिल्लामा आवश्यक विभिन्न प्रजातिका बिरुवाहरु उत्पादन गर्दै आइरहेको छ । २०६४ सालदेखि सञ्चालनमा आएको यस कृषि फर्मले सुन्तला, कागती, मौसम, अनार, ओखर, टिमुर, आँप, किबी, अम्बा, लिचिका बिरुवा उत्पादन गर्दै आइरहेको हो ।
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखापरेको विषयमा उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई परिचालन गरेको छ ।
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसान निराश
सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि कृषि क्षेत्रमा चालु भन्दा १९ करोड बढीको बजेट विनियाेजन गरेकाे छ ।
दार्चुलामा गहुँ उत्पादनमा वृद्धि
सुदूरपश्चिमको हिमाली दुर्गम जिल्ला दार्चुलामा गहुँको उत्पादनमा केहि वृद्धि भएको पाइएको छ ।
पुरुषोदय माविका विद्यार्थी सिक्दै कमाउँदै
बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा रहेको पुरुषोदय माध्यमिक विद्यालयका प्राविधिक शिक्षाका लागि परिचित छ । कृषि पढाई हुने यस विद्यालयमा विभिन्न जातका तरकारी, माछा, कुखुरा, बङ्गुर, कागती लगायतका कृषि सामग्री उत्पादन गरिन्छ ।
कृषि उपजको निर्यातमा सहजीकरण गर्न आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का विशेष प्रतिनिधि डयानियल गुस्टाफसनबिच भेटवार्ता भएको छ ।
फेरि देखियो ‘लम्पी स्किन’
दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ । पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ ।
गोरखामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु
गोरखाको गण्डकी गाउँपालिका–२ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको छ ।
एकल महिलालाई आत्मनिर्भर बनाउन बाख्रा सहयोग
तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पुर्याउने उद्धेश्यले वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
काठेखोला र तमानखोलाका कृषकलाई मौरीसहितका घार वितरण
बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका कृषकलाई गोलासहित मौरीको घार वितरण गरिएको छ ।
‘किसानको आम्दानी बढाउन सर्वपक्षीय सहकार्य आवश्यक’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि, पशुसेवा, मत्स्य र वन पैदावारबाट किसानको आम्दानी बढाउन सबै सरोकार पक्षले तत्परता देखाउनुपर्ने औँल्याउनुभएको छ ।
ताजा तरकारी खुवाउने ७२ वर्षीया खन्तकुमारी
बेनीबजारमा बिहानै ताजा डोकोमा तरकारी बोकेर दैलो दैलोमा पुर्याउने ७२ वर्षीया खन्तकुमारीको दिनचर्या बनेको छ । सात दशक उमेर पार गरे पनि उहाँको जाँगर र मेहनतलाई उमेर छेक्न सकेको छैन ।
आलुले फेरिदिएको गाउँ
खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो सिजनमा उत्पादन बढ्ने उहाँको आङ्कलन छ ।
हाते ट्याक्टरमा किसानको आकर्षण
पछिल्लो समय बैतडीका किसानहरु गोरु पाल्न छाडेर खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग बढाउन थालेका छन् । परिवारको युवा जनशक्ति रोजगारीका साथै पढाइ र अन्य कामका लागि बाहिर जाने क्रम बढेसँगै गोरु पाल्ने चलन कम हुँदै गएको हो । अचेल हरेक टोलमा हाते ट्याक्टर भित्र्याइएको छ ।
केराको बिमा रकम पाएनन् किसानले
यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो ।