चार रुपियाँमै गोलभेँडा
सर्लाहीका किसानलाई आफूले उत्पादन गरेको गोलभेँडा बिक्री नभएर समस्या पर्न थालेको छ ।
मुगुमा जडीबुटीबाट ९३ लाख राजश्व सङ्कलन
आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ ।
बारामा ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन
चालु आर्थिक वर्ष ०८१-८२ मा बाराका कृषकहरुले ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन गरेका छन् ।
भैँसी पालनमा रमाएका नन्दलाल सापकोटा
गोठभरी भएका गाई र भैँसीलाई घाँससहित दानापानी दिन व्यस्त हुनुहुन्छ, नन्दलाल सापकोटा । बागलुङ नगरपालिका–४ उपल्लाचौर आमबोटमा उहाँले विगत १४ वर्षदेखि व्यवसायीक रुपमा गाई, भैँसी पाल्दै आउनुभएको छ ।
गाउँकै शीतभण्डारमा आलु राख्न पाएपछि कृषक हर्षित
स्याङ्जाको वालिङ नगरपालिका–६ का कृषक शोभाकान्त पाण्डे निक्कै उत्साहित हुुनुहुन्छ । आफूले उत्पादन गरेको आलु वालिङमा सञ्चालनमा आएकोे शीतभण्डारमा राख्न पाएपछि पाण्डे खुसी हुनुभएको । उमेरले ७० काटिसक्नु भएका कृषक पाण्डे निरन्तर कृषि कर्ममा हुनुहुन्छ ।
चियाको पहिलो टिपाइ सुरु
इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ । बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् ।
‘कृषि अनुदानमा हुने बदमासी अन्त्य भयो’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब त्यस्तो बदमासीको अन्त्य भएको बताउनुभएको छ ।
सङ्कटमा पुतलीको जीवन
यतिबेलाको मौसममा पुतलीको फुलबाट धमाधम लार्भा निकिँस्दै छन् ।
लौका बेचर मासिक ४० हजार आम्दानी
मङ्गलबारे (इलाम), चैत १२ गते । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ । भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उहाँको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उहाँले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताउनुभयो । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।बारीमा अधिकांश समय लौका हुने उहाँको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उहाँले अहिले भने रु ५० मा बिक्री हुने बताउनुभयो ।उहाँले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्नुहुन्छ । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उहाँ दैनिकजसो जाने गर्नुहुन्छ । भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उहाँले उल्लेख गर्नुभयो ।लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताउनुभयो । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उहाँले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उहाँले बजार लगेर बिक्री गर्नुहुन्छ ।“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भन्नुभयो ।उहाँका श्रीमान् भुपूप्रहरी हुनुहुन्छ । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गर्नुभएको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उहाँले भन्नुभयो ।भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताउनुभयो । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।दीपज्योति कृषि फार्म सञ्चालन गर्नुभएकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाउनुभयो । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताउनुभयो । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उहाँको भनाइ छ । एउटै लौकाको पाँच हजारभण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिनुभयो । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उहाँले बताउनुभयो । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उहाँले जानकारी दिनुभयो । “ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भन्नुभयो । रासस
नर्सरी व्यवसायबाट जीविकोपार्जन
जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो ।
पशु सेवा विज्ञ केन्द्रको ‘डोर टु डोर’ सेवाले किसानलाई सहज
पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवाले पशुपालक किसान लाभान्वित भएका छन् । विज्ञ केन्द्रले पशुपालक किसानको गोठमै पुगेर ‘डोर टु डोर’ सेवा सञ्चालन गरेपछि किसानहरू लाभान्वित भएका हुन् ।
धेरै दुध बिक्री गर्ने बाँस्तोला पुरस्कृत
तनहुँका एक किसानले दुध बेचेर डेढ लाख पुरस्कार हात पार्नु भएको छ । पुरस्कार पाउनेमा व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला हुनुहुन्छ । गण्डकी प्रदेशको उत्पादनको आधारित अनुदान कार्यक्रमअन्तर्गत किसान बाँस्तोलाले सो रकम पुरस्कार पाएपछि पेशाप्रति गौरवान्वित हुनुहुन्छ ।
काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो दक्षिण एसियाली किसान सम्मेलन
जलवायु सङ्कटको प्रभावबाट किसान र उनीहरूको जीविकोपार्जनको सुरक्षामा जोड दिँदै २४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेर दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न भएको छ ।
तरकारीमा खानै नहुने गरी विषादीको मात्रा
देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो ।
‘खाद्य सुरक्षा र व्यावसायिक खेतीमा जोड दिनुपर्छ’
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिखाद्य सुरक्षा तथा व्यावसायिक खेतीका बारेमा फरक ढङ्गले सोचेर काम गर्नुपर्ने बताउनुभएको छ।
कृषिबाट मासिक तीन लाख कमाउँदै अधिकारी
पढेलेखेकाले जागिर नै खानुपर्छ भन्ने सोचलाई चुनौती दिँदै तनहुँका एक युवक कृषि पेशामा रमाएका छन् । भानु नगरपालिका–१२ घलेछापका कुशलचन्द्र अधिकारी पढाई पूरा गरेर गाउँमै व्यवसायिक कृषि पेशा गरेर नाम र दाम दुबै कमाउन सफल हुनुहुन्छ ।
मूल्य नपाउँदा सुपारी किसान चिन्तित
उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित भएका छन् । गत वर्ष प्रतिकिलो ७० रुपियाँका दरले सुपारी बिक्री गरेका किसानले यो वर्ष प्रतिकिलो ५० रुपियाँ मात्र मूल्य पाएका छन् ।
बजार र मूल्य पाउने आशमा तरकारी खेती गर्दै किसान
रुपन्देही जिल्ला सम्मरीमाइ गाउँपालिका वडा नं १ मुडिलाका कृषक ५८ वर्षीय राम अचल लोधले तरकारी खेती गर्नुहुन्छ । अचलले तरकारी खेती गरेरै जीवन परिवर्तन गर्ने सपना देखेर हिँडेको १५ वर्ष पुगेको छ । अचलले पहिला परम्परागत रूपमा तरकारी खेती गर्दै आए पनि पछिल्लो समय व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
कृषि कर्ममा रमाउँदै पदम खत्री
बागलुङ नगरपालिका –९ तित्याङ थापाथरका पदम खत्री कृषि कर्ममा निकै व्यस्त हुनुहुन्छ । खत्रीको दैनिकी बिहान सबेरै उठेर साँझ अबेरसम्म कृषि कर्ममा नै बित्ने गर्छ । समयअनुसार कहिले फलेका तरकारी बिक्रि गर्ने, कहिले तरकारी खेतीमा पलाएका झार गोड्ने त कहिले बजारसम्म पुग्ने गर्नुहुन्छ । उहाँको यही कर्मले नै गाउँमा पौरख पदमको नामले परिचित छन् ।
कृषि उपकरणमा कृषिमन्त्रीकै अविश्वास
कृषि क्षेत्रमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रश्न उठाउनुभएको छ । कृषि मेसिनरी व्यवसायी सङ्घको नवौँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्दै लैजानुपर्ने अवस्थामा गुणस्तरीयतामा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताउनुभएको हो ।
दोब्बरले बढ्यो धानचामल आयात
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात गरेको छ ।
असिना पानीले बाली नष्ट, किसान चिन्तित
शुक्रबार मध्यरातमा आएको हावाहुरीसहितको असिनापानीले खाद्यान्न तथा तरकारी बाली नष्टहुँदा रौतहटको उत्तरीक्षेत्रका किसान चिन्ता व्यक्त गरेका छन् ।
दक्षिण एसियाकै किसान बिचौलियाको चङ्गुलमा
किसानले उत्पादनको राम्रो मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्ने समस्या नेपालको मात्रै होइन । बिहीबारदेखि यहाँ सुरु भएको दक्षिण एसियाली किसान सम्मेलनमा सहभागी किसान अगुवाले किसानले आफ्नो उत्पादनको मूल्य आफैँ निर्धारण गर्न नसकेको उल्लेख गरेका छन् ।
अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह
जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो ।