तोरी खेतीतर्फ आकर्षित किसान
कैलालीका किसान तोरी खेतीतिर आकर्षित भएका छन् । गहुँ, मसुरो जस्ता हिउँदे बालीलाई छाडा चौपायाले बढी नोक्सान गर्ने गरेका कारण किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुका अनुसार छाडा चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गर्दछन् ।
चरनका लागि मौरी
मोरङ, पुस १४ गते । माेरङको बेलबारी नगरपालिका–९, नलबारीमा ढकमक्क फुलेको तोरीखेतीमा चरनका लागि राखिएको घारसहित माैरी । तस्बिरः रासस
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गर्नुभएको हो ।
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
नवलपरासी, पुस १४ गते । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् । दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनुभयो । “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उहाँले भन्नुभयो, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो ।“समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भन्नुभयो, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताउनुभयो । उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उहाँले बताउनुभयो । यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ । सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताउनुभयो । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताउनुभयो । “गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उहाँले भन्नुभयो, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ ।
सुन्तला उत्पादनमा वृद्धि, किसान खुसी
झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसक्नुभएको छ ।
दुध उमालेर छुर्पी बनाउँदै
धनकुटा, पुस १३ गते । छुर्पी बनाउनका लागि दुध उमालेर तयारी गर्दै धनकुटाको महालक्ष्मी नगरपालिका २ मुलखर्कस्थित दाजुभाइ डेरी उद्योगका कामदारहरु । उद्योगले छुर्पी बनाउन सो गाउँका एक सय ५० घर धुरीबाट दैनिक आठ सय लिटर दुध खरिद गर्छन । तस्बिरः रासस
गुणस्तरीय बिउमा कृषकको पहुँच बढाउन आवश्यक
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
राजनीति छाडेर कृषि कर्ममा अब्बल श्रेष्ठ दम्पती
तनहुँको म्याग्दे गाउँपालिका –२ जामुने निवासी सुकनारायण श्रेष्ठ राजनीति छोडेर कृषि पेसामा रमाइरहनुभएको छ । किसान श्रेष्ठ कृषि पेशाबाट नाम र दाम दुवै कमाउनुभएको छ ।
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।
दूधको मूल्य नपाउँदा दुग्ध किसान समस्यामा
आठ महिना यता आफूहरूले बिक्री गरेको दूधको मूल्य नपाउँदा कोशी प्रदेशका किसानहरू समस्यामा पर्न थालेका छन् ।
कागतेमा सुन्तला खेती मौलायो
कागतेमा सुन्तला खेती मौलाएको छ । धनकुटामा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् ।
ओखर खेती लगाउने विधि सिक्दै
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेती सम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन् ।
व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।
दुग्ध बिक्रीबाट मासिक रु. ९० हजार बचत
जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु. ९० हजार बचत गर्दै आउनुभएको छ ।
विषादी अवशेष जाँच्ने प्रयोगशाला सञ्चालन
धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा आएको छ ।
गहुँखेती गर्न रासायनिक मल अभाव
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाउनुभएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सक्नु भएन ।
जुनारले बढायो समृद्धिको यात्रा
आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा । जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुण्डिएका छन्, पाकेका फल ।
ढल्केबरमा विषादी अवशेष प्रयोगशाला सञ्चालनमा
धनुषाको ढल्केबरस्थित कृषि उपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा ल्याएको छ ।
सुन्तलाबाट राम्रो आम्दानी
दाङमा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् ।
अर्गानिक खेती
तेह्रथुम, पुस ९ गते । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ डोप्कीलेमा बन्दागोभी स्याहार्दै किसान । यहाँ महिला समूहका ३७ किसानले पाँच वर्षदेखि रासायनिक मल र विषादी प्रयोग नगरी सागसब्जी र फलफूल खेती गर्दै आएका छन् । तस्बिरः रासस
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ ।
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आउनुभएको छ ।
प्याज खेतीको तयारी गर्दै कृषक
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका –१५ गोडारमा सामूहिक रूपमा प्याज रोप्नका लागि जमिन तयारी गर्दै कृषक । स्थानीय ३० जना किसान मिलेर साढे दुई बिघा जमिनमा प्याज खेती गरेका छन् ।
अमला बिक्री गरेर आम्दानी गर्दै सामुदायिक वन
अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएकाे छ ।