जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तर्गत नाँगी गाउँमा जन्मिनुभएका महावीर पुन लामो समय विज्ञान, प्रविधिको क्षेत्रमा काम गर्नुभएको छ । राजनीतिमा खासै रुचि नराख्ने स्वभावका महावीरले सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिई गत फागुनमा भएको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार भएर लड्नु भएको थियो ।
जलस्रोतका क्षेत्रमा गण्डकी प्रदेश निकै सम्पन्न भएका कारण आर्थिक विकास र समृद्धिको आधार जलस्रोतलाई मान्न सकिन्छ ।
म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा खानेपानीको सुविधा पुर्याइएको छ । गण्डकी प्रदेश सरकारले प्रदशको प्रत्येक घरमा खानेपानीको धारा पुर्याउन चार वर्ष अगाडि सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारको बजेटमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले यो अवधिमा पाँच हजार एकसय ३७ घरधुरीमा खानेपानीका धारा जडान गरेको हो ।