केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उहाँले बताउनुभयो ।
यहाँ दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।
सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेशविन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।
प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।
प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।
दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।
तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ ।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतीनिधिहरूको उक्त अभ्यास दीर्घ समाधान नरहेको बताएका छन् ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् ।
दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसाैँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् ।
लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुभारम्भ गरिएको हो ।