वैशाख १० सम्पन्न तीनवटा संसदीय क्षेत्रको प्रतिनिधि सभा उपनिर्वाचन परिणामलाई जसले जसरी अथ्र्याए पनि जनता सर्वशक्तिमान भएको पुनः पुष्टि भएको छ । निर्वाचन परिणामले पुराना र स्थापित राजनीतिक दललाई गतिलो पाठ पनि सिकाएको छ । साथै, लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने मान्यतालाई विश्वासमा रूपान्तरण गरिदिएको छ । पुरानो लगानीको ब्याज खाने दिन अब नेपाली राजनीतिबाट बिदावारी हुने सङ्केत उपनिर्वाचन परिणामले देखाएको छ । खासगरी तनहुँ –
नयाँ वर्ष २०८० आजबाट प्रारम्भ भएको छ । नयाँ वर्षसँगै नयाँ आशा, अपेक्षा र भरोसा पनि थपिएको छ । संयोग, वर्ष प्रारम्भ मात्र होइन, नयाँ दशकमा समेत हामी आजैबाट प्रवेश गर्दैछौँ । त्यसैले गएको वर्ष मात्र होइन बितेको दशककै समीक्षा गर्दै हामीले आगामी रणनीति बनाउनुपर्नेछ । गत वर्ष २०७९ नेपालीका लागि आर्थिक प्रगतिका हिसाबले खासै उत्साहजनक रहेन । राजनीतिक उपलब्धि भने गज्जबकै भएको हो । संविधान सभाबाट नेपाली जनताले बनाएको संविधानले यसै अवधिमा एउटा चरण पूरा गरी दोस्रो चक्र प्रारम्भ गरेको छ । अर्थात्, २०७२ अजोज ३ मा अपत्यारिलो सकसका बीच जारी भएको संविधानले त्यही
लामो रस्साकस्सी र माथापच्चीपछि मुलुकले तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई पाएको छ । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा बृहत्तर राष्ट्रिय सहमति जुटेको छ । नेकपा एमालेबाहेक कुनै पनि दलले नेपाली कांग्रेसका उम्मेदवार पौडेलविरुद्ध मत हालेनन् । परिणामतः पौडेल देशको तेस्रो राष्ट्रपति चुनिनु भएको छ ।
हिजोआज चियापसलदेखि राजनीतिक मञ्चहरूमा समेत चर्चा चल्ने गरेको छ– नेपाल पनि श्रीलङ्काजस्तै हुन लाग्योे । यस्तो टिप्पणी गर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध नेता कार्यकर्ता बढी देखिएका छन् । मूलधारका सञ्चारमाध्यमले समेत यदाकदा यस्तै आशयका समाचार सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास बढेको छ ।
छिमेकी मुलुक भारतमा मूलधारका राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा फैलिएको भन्दै एक दशकअघि आम आदमी पार्टी अस्तित्वमा आयो । राजधानी नयाँदिल्लीमा मात्र देखिएको आम आदमी पछिल्लो अवस्थामा भारतको वैकल्पिक शक्तिका रूपमा स्थापित भएको छ ।