‘‘वरुण देव ! तिमी महान् छौ, द्यावा भूमि सर्वत्र निर्वाध विचरण गर्न सक्छौ । जस्तोसुकै मै हुँ भन्ने शत्रुलाई पनि पाता फर्काएर हैसियत देखाउन सक्छौ । तिमीजस्ता सामथ्र्यशाली व्यक्तित्वले मजस्ता सामान्य मानिसलाई मारेर के पाउँछौ । यसमा न तिम्रो बहादुरी देखिन्छ न विशेषता नै झल्किन्छ । उल्टै लोकले खिसीट्युरी गर्नेछन्, वरुण जस्ता पश्चिम सागरका अधिपतिले पनि शुनःसेप जस्ता बालकको बलि खाए भन्नेछन्, घृणा र तिरस्कार गर्नेछन् । विन्ती छ नमार । माता अदितीको रोइरहेकी छन् । पिताजीको अवस्था त्यस्तै छ । उनीहरूको आँशु पुछ्न चाहन्छु । (ऋग्वेद १।२४।१) बाबु आमाको सेवा गर्नु छोराछोरीको धर्म पनि हो कर्म पनि हो, त्योभन्दा पनि बढी कर्तव्य हो