जनकपुर, साउन ३१ गते । विद्युतिय सुरक्षामा सावधानी नअपनाउँदा मधेश प्रदेशमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । करेन्ट लागेर मृत्यु भएकाहरुमध्ये अधिकांश किसान नै रहेको तथ्याङ्कले देखाएको छ । पर्याप्त पानी नपर्दा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गरिने क्रममा असावधानीका कारण करेन्ट लागेर खेतमै ज्यान गुमाउने किसानको सङ्ख्या अधिक रहेको पाइएको छ । मधेश प्रदेशका आठ वटै जिल्लामा धान खेती समयमा पानी कम हुँदा वा वर्षा नहुँदा बोरिङ, नहर, कुलो, पैनी, पोखरी, नदीमा पानी तान्ने मोटर लगाएर खेत सिँचाइ गर्ने बाध्यात्मक अवस्था रहेको छ । खेतमा सिँचाइ जस्तै घरको चापाकलमा पानी तान्न जडान गरिएको मोटरबाट करेन्ट लागेर पनि मृत्यु भइरहेको घटनाहरू केही बाहिर आउने गरेका छन् । करेन्ट लागेर किसानको मृत्युयही साउन २३ गते धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगर बस्ने वर्ष ४५ का शिवजी मण्डलको खेतमा करेन्ट लागेर मृत्यु भएको छ । यस्तै, सोही दिन सप्तरीको रूपनी गाउँपालिका–३, कटैयामा ४२ वर्षीय शम्भुकुमार इसरको पनि करेन्ट लागेर मृत्यु भयो । यसअघि साउन १८ गते रौतहटको इशनाथ नगरपालिका–८, मंसरी टोलबस्ने ५५ वर्षीय शेख जफिरको धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । साउन ७ गते धनुषामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर हंसपुर नगरपालिका–३, मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भयो । साउन १४ गते सिराहा नगरपालिका–१०, नरहिया बस्ने ४५ वर्षीया सविता कामतीको आफ्नै घरमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भयो ।साउन १० गते सप्तरीको खडक नगरपालिका–११ का ५८ वर्षीय मो युनुस मियाँ, साउन ३ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका–४, टेङ्गरीमा ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भयो । यसैगरी, साउन ९ गते सप्तरीको रूपनी गाउँपालिका–२, पौवा टोलमा दम्पत्ति ४७ वर्षीय बालेश्वर खङ्ग र ४५ वर्षीया श्रीमती रामकुमारी खङ्गको आफ्नै सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । यस्तै, साउन ८ गते रौतहटको मौलापुर नगरपालिका-७ निवासी एवम् प्रवक्ता चन्द्रेश्वर बैठाको खेत सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । ७ गते माधव नारायण–४, बिसनपुर्वा मानपुर बस्ने ४० वर्षीय रामबाबु मुखिया, कटहरीया–२, जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । साउन २ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ मा ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।उपरोक्त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । अझै धेरै जनालाई सचेत नभइ विद्युतीय उपकरण प्रयोग गर्ने क्रममा ज्यान गुमाउनु परेको छ । असावधानी, लापरबाही एवम् जडान गरेका पोलमा अर्थिङ जडान नगरेका कारण करेन्ट लाग्ने समस्या आइरहेको नेपाल विद्युत् प्राधिकरणको बुझाइ छ । करेन्टले मृत्यु भएकाको यस्तो छ तथ्याङ्कयता मधेश प्रदेशमा तीन वर्षमा ३२४ जनाको करेन्ट लागेर मृत्यु भइसकेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा करेन्ट लागेर ११९ जनाको मृत्यु भएको छ । मृतकमध्ये पुरुष ८४, महिला १८ बालक १३ र बालिका चार जना रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक २०८०/०८१ मा करेन्ट लागेर ७० पुरुष, २२ महिला, पाँच बालक र एक बालिका गरी ९८ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १०७ जनाको करेन्ट लागेर मृत्यु भएको छ । जसमा पुरुष ८३, महिला १४, बालक तीन र बालिका सात जना रहेका छन् । यस्ता छन् करेन्ट लाग्नबाट जोगिने उपाय विद्युत् करेन्टबाट बच्नका लागि सुरक्षित तार र उपकरण प्रयोग, घरमा अनिवार्य रूपमा अर्थिङ र आरसिबी/एमसिबी जडान, पानी नजिक करेन्ट नचलाउने, भिजेको हातले स्विच नछुने र बालबालिकालाई सचेत गराउने जरुरी छ । मर्मत गर्दा मुख्य स्विच बन्द गरी रबरका पञ्जा–चप्पल प्रयोग गर्नुपर्छ । करेन्ट लागेमा प्रत्यक्ष नछुने, सुकेको काठ, बाँस, लठठी वा प्लास्टिकको सहायताले छुट्याउने र घाइते भएमा तुरुन्त प्राथमिक उपचार गरी अस्पताल पुर्याउन ढिलाइ गर्नु हुँदैन ।
अकासे पानीको भरमा धान रोपाइँ गर्दै आएका मधेश प्रदेशका किसानहरु धान रोपाइँतर्फ आकर्षित भएको छ ।
सङ्घीय सरकारद्वारा तीन महिनाका लागि घोषित विपद् सङ्कटग्रस्त क्षेत्र मधेश प्रदेशमा आधाभन्दा बढी खेतीयोग्य जमिनमा धान रोपाइँ भएको छ । मधेश प्रदेशभरी ५७.२७ प्रतिशत हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा धान रोपाइँ भएको हो ।
पुस र माघ महिना तराई मधेशका जिल्लामा शीतलहरको कहरले जनजीवन कष्टकर बन्ने गरेको छ । यी दुई महिनामा शीतलहरसँगै चिसो बढ्छ । बिहानदेखि बेलुकासम्म एकैनासको बाक्लो हुस्सु (कुहिरो), पर्दा र पश्चिमी चिसो हावा चल्दा कठ्याङ्ग्रिने जाडो हुन्छ । चिसोले कठ्याङ्ग्रिएर कतिपयको ज्यान नै जाने गरेको पनि पाइएको छ । चिसोमा कठ्याङ्ग्रिएर चार जनाको ज्यान गइसकेको छ । मानिस मात्र होइन, घरपालुवा जनावरसमेत यसको असरमा परेका छन् ।