• २२ वैशाख २०८१, शनिबार

‘सिपेक सफल एवम् परिवर्तनकारी परियोजना बनेको छ’

blog

इस्लामाबाद, साउन ३ गते । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) आफ्नो देशको लागि सबैभन्दा सफल र परिवर्तनकारी परियोजना साबित भएको उल्लेख गर्दै एक जना उच्च पाकिस्तानी अधिकारीले त्यसबाट क्षेत्रीय सम्पर्क विस्तारका साथै आर्थिक समृद्धिको नयाँ युगको सुरुवात भएको बताएका छन् । 

इस्लामावाद नीति अनुसन्धान संस्थानद्वारा ‘चीन–पाकिस्तान आर्थिक करिडोरः क्षेत्रीय सम्पर्क सञ्जालका लागि प्रवेशद्वार’ विषयमा आयोजित कार्यशालामा पाकिस्तानका योजना विकासमन्त्री अहसान इकबालले सिपेकका कारण देशमा परिवर्तनकारी प्रभाव परेको बताउनुभयो । उहाँले परियोजना सुरु भएको तीन वर्षमा पाकिस्तानमा सर्वाधिक प्रत्यक्ष विदेशी लगानी चीनबाट प्राप्त भएको बताउनुभयो ।

अर्बौं डलरको परियोजना कार्यान्वयन गरेर चीन पाकिस्तानको प्रमुख आर्थिक साझेदार बनेको मन्त्री इकबालले बताउनुभयो । सिपेकलाई पाकिस्तानका निम्ति कायापलट गर्ने परियोजनाका रूपमा व्याख्या गर्दै उहाँले परियोजनाबाट ऊर्जा अभाव हटाउन तथा सडक र रेल पूर्वाधार स्थापनामा मद्दत पुगेको बताउनुभयो । रासस/सिन्ह्वा