• १४ वैशाख २०८१, शुक्रबार

जसपा संसदीय दलको बैठक बस्दै

blog

काठमाडौं, असार १३ गते । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ ।

बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ ।

बैठक आज बिहान साढे १० बजे संसद् भवनमा बस्ने छ । जसपाले बजेटमा समावेशी नभएको भन्दै संशोधन बिना पास गर्न नदिने बताउँदै आएको छ ।