‘सुक्ष्म निगरानी समूह गठन गर्दै अख्तियार’

गोरखापत्र समाचारदाता

Pramukh Ayukta Nabin Kumar  Ghimere काठमाडौँ, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारी कार्यालयको निगरानीका लागि सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
निगरानी समूहका सदस्यहरू विभिन्न कार्यालयमा सेवाग्राही भई अनुगमनमा जाने छन् । आयोगले खटाएका व्यक्ति सेवाग्राही भएर जानेछन् । कुनै गल्ती भएमा कारबाहीका लागि सिफारिस हुनेछ ।
प्रमुख आयुक्त घिमिरेले ‘¥यापिड अपरेशन टास्क फोर्स’ नाम दिएर सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अब कार्यालयहरूमा सुक्ष्म निगरानी समूह गठन गर्छाैँ । त्यसलाई ¥यापिड अपरेशन टास्क फोर्स’ भनेर नाम दिइएको छ । त्यसको कार्यविधि आयोगले स्वीकृत गरिसकेको छ । अब हामी टिम बनाएर सेवाग्राही नै भएर सम्बन्धित कार्यालयमा जान्छौं ।’’
समूहले कुनै कमी कमजोरी फेला पारेमा कारबाहीका लागि सिफारिस गर्नेछ । कमजोरी भएको नदेखिएमा सम्बन्धित कार्यालयका प्रमुख, विभागीय प्रमुख वा सचिवलाई बोलाएर आयोगले कार्यालयको अबस्थाबारे जानकारी दिनेछ ।
यस्तै, आयोगले भ्रष्टाचार न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत नागरिक निगरानी समूह (सिटिजन जुरी) निर्माण गर्ने तयार पनि गरेको छ । अख्तियारले मात्र भ्रष्टाचार न्यूनीकरण गर्न नसक्ने भन्दै नागरिक समाजका विशिष्ठ व्यक्ति सम्मिलित समूह गठन गर्न लागिएको हो ।
समूह स्वतन्त्र रुपमा रहनेछ । आयोगले आवश्यक सहयोग भने गर्नेछ । पाइलटिङका रुपमा सुरु गर्न लागिएको समूह सफल भएमा थप विस्तार गर्ने पनि प्रमुख आयुक्त घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘आग्रह पूर्वाग्रह राखेर संस्थाले काम गर्न लाग्यो भने हामी त्यसमा जोडिएर पनि बस्दैनौँ । किनकी यो हाम्रो पाइलट प्रोजेक्ट जस्तै हो । सफल भएमा अन्यत्र पनि फैलावट हुन्छ नभएमा त्यसलाई त्यही पूर्णविराम लगाउँछौँ वा ‘करेक्सन’ गरेर जान्छौँ ।’’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना