• २० वैशाख २०८१, बिहिबार

सफा हिमाल अभियान : एकको निधन, अन्यको उपचार हुँदै

blog

काठमाडौंमा उपचाररतको स्वस्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर : नेपाली सेना

काठमाडौं, जेठ ४ गते । सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न रही सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दिपेन्द्रसिंह खत्रीको काठमाडौंमा उपचार भइरहेको छ । 

सह सेनानी खत्रीसँगै अन्य तीनजनालाई पनि उपचारको लागि काठमाडौं ल्याइएकोमा हाल सबैको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । 

सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी फूर्वा शेर्पाको निधन भएको र उहाँको पार्थिव शरिरलाई उद्धार गर्ने प्रयास भइरहेको छ । 

प्रतिकूल मौसम भए पनि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी कार्य जारी छ ।