• १५ वैशाख २०८१, शनिबार

पाँचथरका विद्यालयमा योग शिक्षा

blog

फिदिम नगरपालिका ११ को कालिका मावि बाबुङ्गामा विद्यार्थीलाई योग प्रशिक्षण दिँइदै । तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल 

फिदिम, फागुन ५ गते । लुङरुपा आयुर्वेद औषधालयले फिदिम नगरपालिका भित्रका विद्यालयमा आयुर्वेद र योग शिक्षा सम्बन्धी प्रशिक्षण सुरु गरेको छ । फिदिम नगरपालिकासँगको सहकार्यमा औषधालयले वडा नम्बर ११ को कालिका मावि बाबुङगाबाट बिहीबारदेखि योग प्रशिक्षण सुरु गरेको हो ।

कालिका माविमा बिहीबार सम्पन्न आर्युबेद तथा योग शिक्षामा एकसय जना विद्यार्थी र शिक्षकको सहभागिता थियो । कार्यक्रममा लुङरुपा आयुर्वेद औषधालयका प्रमुख योग महतोले आयुर्वेद र जडीबुटीको महत्त्व र पतञ्जलि योग समिति नेपा पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदीले योग अभ्यास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

योगसँगै फिदिम नगरपालिकाका विभिन्न वडाका विद्यालयमा आयुर्वेद र योग शिक्षा सम्बन्धी प्रशिक्षण आयोजना हुने महतोको भनाई छ ।