• १४ वैशाख २०८१, शुक्रबार

उपत्यकामा बर्डफ्लु

blog

काठमाडौँ, माघ २४ गते । काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । 

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले तीन ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको जानकारी दिनुभयो । नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि फार्ममा रहेका चार हजार पाँच सय कुखुरा र दुई हजार पाँचवटा अन्डा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । बर्डफ्लु देखिएका अन्य दुई फार्मलाई निगरानीमा राखिएकाले मङ्गलबारसम्म नष्ट गरिसक्ने मन्त्रालयले जनाएको छ ।  खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)को अनुसन्धानबाट गत शुक्रबार पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।