• २० वैशाख २०८१, बिहिबार

अध्यागमनको सर्भरमा समस्या हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर

काठमाडौं, माघ १४ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो। 

“सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्”, उहाँले भन्नुभयो। 

महाप्रबन्धक ठाकुरले ‘म्यानुअल्ली’सञ्चालनका लागि आफूले आग्रह गरे पनि ‘अथोरिटी’ नभएको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो। यसअघि पनि यस्तो समस्या आउने गरेको उहाँ बताउनुहुन्छ।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ। रासस