• २१ वैशाख २०८१, शुक्रबार

रुपन्देहीमा तयार भए दुई सय ८ मतदानस्थल (फोटो फिचर)

blog

तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङसिर ३ गते। आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रूपन्देहीमा मतदानको तयारी पूरा भएको छ । रूपन्देहीबाट झन्डै साढे ६ लाख जना मतदानमा सहभागी हुँदैछन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर दुई सय आठ मतदानस्थल छन्। ती मतदानस्थलमा सात सय दुई केन्द्र तोकिएका छन्। ती केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको छ।

रुपन्देहीका निर्वाचन कार्यालय प्रमुख अयोध्याप्रसाद भण्डारीले जिल्लाका सबै मतदान केन्द्रमा खटिने कर्मचारीले मङ्सिर १ मा नै निर्वाचन सामग्री बुझी सुरक्षाकर्मीसहित सम्बन्धित केन्द्रमा रहेको बताउनुभयो। सबै मतदान केन्द्र र स्थल सुरक्षित रहेको उहाँको भनाइ छ। 

जिल्लाका हरेक मतदान केन्द्र र स्थलमा सुरक्षाकर्मी खटाइसकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो। १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्ने र निर्वाचन अवधिभरिका लागि सीमासमेत सिल गरिएको उहाँले बताउनुभयो। शनिबार रुपन्देहीका सबैजसो मतदान स्थलको अनुगमन गरिएको उहाँको भनाइ छ। निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ म्यादी र एक हजार सात सय ३६ नेपाल प्रहरी खटिएका छन्।