नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी

काठमाडौंँ, साउन २९ गते ।  नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् ।  शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको छ ।  
नयाँ शक्ति युवा अभियान छाडेका नेताहरू नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)मा प्रवेश गर्नुभएको छ ।  विकको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा एमाले र नयाँ शक्तिका ४५० भन्दा बढी युवा नेता तथा कार्यकर्तालाई माओवादी वाईसीएल इन्चार्ज मणि थापाले स्वागत गर्नुभयो ।   
स्वागत कार्यक्रममा इन्चार्ज थापाले सम्पूर्ण नेपाली जनता अग्रगमनको पक्षमा ध्रुवीकरण हुनु जरुरी रहेको बताउनुभयो ।  वाईसीएलको महाधिवेशन आगामी भदौ २ गतेदेखि सुरु हुँदैछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds