• २७ वैशाख २०८२, शनिबार

आगलागीबाट घर र गोठमा क्षति

blog

केदार तिमल्सिना 

काभ्रेपलान्चोक, मङ्सिर १२ गते । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका ११ बानिँयाछापमा आगलागी हुँदा एक घर र एक गोठमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मङ्गलबार बिहान करिब ३ः५० मा स्थानीय बलराम धिमालको तीन तले कच्ची घरमा अचानक आगलागी भएको जनाएको छ । 

आगलागीको सूचना पाए लगत्तै जिल्ला प्रहरीको टोली तथा धुलिखेल नगरपालिकाको दमकलको सहायताले आगलागी बिहान ६ः५० मा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आगलागी भएको घरमा मानिस नबस्ने भएकोले आगलागीको यकिन कारण खुल्न नसकेको बताउनुभयो । उहाँले आगलागी भएको घरमा अन्नपात मात्र भएकोले मानवीय र चौपायामा कुनै क्षति नभए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो ।