• १२ साउन २०८१, शनिबार

दुई दिनभित्र भूकम्प प्रभावितलाई राहत सामग्री पुर्‍याउन उपप्रधानमन्त्री खड्काको निर्देशन

blog

भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुहुँदै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : उपप्रधानमन्त्रीको निजी सचिवालय

जाजरकोट, कात्तिक १९ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।


रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै उपप्रधानमन्त्री खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले सङ्घ, प्रदेश सरकार राहत र पुनर्स्थापनामा लागेको बताउनुभयो । उहाँले आज र भोलिसम्ममा राहतका सबै सामग्रीहरू जिल्लामा पुर्‍याइसक्ने बताउनुभयो । 


शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकोप्टरसहित स्काईट्रकले बिरामीहरूको उद्धार गरेको थियो भने आइतबारदेखि राहत सामग्रीहरू सेनाका हेलिकोप्टरले ढुवानी गरिररहेको छ । उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावित जिल्लामै हुनुहुन्छ ।

जाजरकोटमा जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।