• ९ जेठ २०८१, बुधबार

तत्काल उद्धारमा जुटन सभामुखको अनुरोध

blog

काठमाडौँ,  कात्तिक १८ गते ।  सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गर्नुभएको छ ।  

उहाँले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्नुभएको हो । सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।”

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४  म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । रासस