• ६ कात्तिक २०८१, मङ्गलबार

चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

blog

काठमाडौँ,  कात्तिक १८ गते । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज बिहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिनुभयो । 

उहाँका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् । “चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ”, उहाँले भन्नुभयो, “हामीले आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौँ ।”

गएराति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४  म्याग्निच्युडको भूकम्पले गएको थियो । भूकम्पबाट ठुलो मानवीय क्षति भएको जनाइएको छ । रासस