• ५ जेठ २०८१, शनिबार

सिमकोट हिल्सा सडक सञ्चालनमा लागि अस्थायी रुटपरमिट

blog

तयारीमा सार्वजनिक बस । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ५ गते । कर्णाली करिडोरअन्तर्गतको सिमकोट हिल्सा सडकखण्डका लागि मिनी बस सञ्चालन हुन पाउने भएका छन् । यातायात व्यवस्था कार्यालय बीरेन्द्रनगर सुर्खेतले उक्त सडकमा मिनी बस सञ्चालनकका लागि अस्थायी रुटपरमिट प्रदान गर्दा मिनी बस सञ्चालन हुने बाटो खुलेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कात्तिक ३ गते शुक्रबारबाट लागू हुने गरि सिमकोट हिल्सा सडक खण्डमा मिनी वस सञ्चालनका लागि अस्थायी रुटपरमिट आएको बताउनुभयो । उहाँले यातायात व्यवस्था कार्यालय सुर्खेतले सो अस्थायी रुट परमिट पठाएको बताउदै अब उक्त खण्डमा सञ्चालन हुनका लागि दुई वटा मिनी बसहरु हिल्सा आएसँगै सञ्चालनमा सहज भएको बताउनुभयो ।

अब मिनी बस सिमकोटबाट नाम्खा गाउँपाकिलाको च्याछरा, ढाँडकेर्मी हुँदै हिल्सासम्म औपचारिक रुपमा सञ्चालनमा आउनेछन् । सार्वजनिक बस औपचारिक रुपमा सञ्चालनमा आए यात्रुहरुलाई समेत भाडा दर सस्तो हुनेछ । यसअघि बोलेरो जीप रिजर्भ गर्दा एक दिनको पचास हजार भाडा लिँदै आएका थियो । सो भाडा दरभन्दा बस भाडा निक्कै सस्तो हुने मिनी बस सञ्चालक बिजय लामाले बताउनुभयो । 

यसअघि उक्त खण्डको सडकको अनुगमन गर्न चार सदस्यीय टोली स्थालगत रुपमा हिल्सासम्म पुगेर प्रतिबेदन प्रजिअ पौडेल समक्ष पेश गरेको थियो । सो रुटमा सञ्चालनका लागि हिल्सा पव्लिक यातायात प्रालिका दुई वटा २५ सिटे मिनी बसहरु केरुङ नाकाबाट तिब्बती मार्ग हुँदै गत भदौमा हिल्सामा चिनीयाँ टिप्परमा ढुवानी गरिएको थियो ।