• ५ जेठ २०८१, शनिबार

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, कात्तिक ४ गते । जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारको शुक्रबार राति ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले ट्याक्टरको ठक्करबाट  बालकको मृत्यु भएको र अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।