• ११ साउन २०८१, शुक्रबार

यूएई पुगेका नेपाली श्रमिकको बढ्यो गुनासो

blog

काठमाडौँ, वैशाख १२ गते । चालु आर्थिक वर्षको नौ महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारीका लागि गएका ११७ नेपालीले ज्यान गुमाएका छन । यूएईमा कामका लागि श्रम स्वीकृति लिएर गएकाको तथ्याङ्क नै करिब तीन लाख ५० हजारको हाराहारीमा छ । नेपाली दूतावासले चालुु आर्थिक वर्ष २०७९/८० साउनदेखि चैत महिनासम्म पहिलो नौ महिनामा रोजगारीमा यूएई आएका ११७ नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएको जानकारी गराएको छ । 

दूतावासका अनुसार साउन महिनामा २४ वटा शव व्यवस्थापन गरिएको छ भने भदौमा १६ जना, असोजमा १० जना, कात्तिकमा ११ जना, मङ्सिरमा १६ जना, पुसमा १० जना, माघमा नौ जना, फागुनमा आठ जना र चैतमा १३ जनाको शव व्यवस्थापन गरिएको छ । अघिल्लो आर्थिक वर्ष  २०७८/७९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले १६७ शव स्वदेश फिर्ता पठाएको थियो भने सातवटाको उतै अन्तिम दाहसंस्कार गरिएको थियो ।

यस्तै यूएई पुगेका नेपालीले विभिन्न माध्यममार्फत गुनासो राख्नेको सङ्ख्या पनि बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म चार हजार १८९ जनाले फोन, इमेल र दूतावासमै गएर विभिन्न गुनासो राखेका छन् ।