• १३ मंसिर २०८१, बिहिबार

सवारी दुर्घटनामा सात जना घाइते

blog

राममणि दाहाल

हेटौँडा, चैत १६ गते । मकवानपुरका छुट्टाछुट्टै दुर्घटनामा परी सात जना घाइते भएका छन् । मोटरसाइकलले अर्को मोटरसाइकललाई र भीमफेदी कारागारका थुनुवा बोकेको गाडीले एकै स्थानमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनाभएको हो । 

मकवानपुरको बकैया गाउँपालिका –३ हात्तीसुडे बजारस्थित धरान–चतरा सडकखण्डमा बुधबार राति फापरबारीतर्फबाट हात्तीसुडेतर्फ आउँदैगरेको प्र ३–०२–०१०प ८८६१ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउँदैगरेको ग १४ प ३८७५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा पाँच जना घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी प्र ३–०२–०१०प ८८६१ नम्बरको मोटरसाइकलका चालक बकैया गाउँपालिका –३ स्थित हात्तीसुडेका २७ वर्षीय कृष्ण कार्की, सोही मोटरसाइकल पछाडि सवार हेटौँडा उपमहानगरपालिका –२ बस्ने २१ वर्षीया मुनिला वाइबा घाइते हुनुभएको छ ।

कार्कीको चुरेहिल अस्पताल हेटौँडामा र बाइवाको स्थानीय क्लिनिकमा उपचार भएको छ ।

यस्तै, ग १४ प ३८७५ नम्बरको मोटरसाइकलका चालक भरतपुर महानगरपालिका –१९ का २१ वर्षीय प्रशान्त तामाङ र सोही मोटरसाइकलको पछाडि सवार बकैया गाउँपालिका –२ स्थित धियालका १८ वर्षीया प्रमीला भोलन र सोही स्थानका १७ वर्षीया स्मृति स्याङतान घाइतेभएका छन् । 

प्रहरीका अनुसार तामाङ र भोलनको चुरेहिल अस्पतालमा तथा स्याङ्तानको स्थानीय क्लिनिकमा उपचारभएको छ । यसैबीच बुधबार राति नै हेटौँडा १० स्थित बुद्धचोकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट भीमफेदी कारागारका लागि थुनुवा लिएर हिँडेको बागमती प्रदेश ०३००१ झ ०१२३ नम्बरको मोबाइल गाडीले ना ४९ प ११९ ना ४९ प ११९ नं.को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भई मोटरसाइकलका चालक हेटौँडा-४ गर्दोहीका ४० वर्षीय सुरेसराज बज्राचार्य घाइते भएपछि हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

साथै सोही गाडीले बागमती प्रदेश ०३–००५ प ३०७६ को मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक हेटौँडा ५ स्थित पिप्लेका ४१ वर्षीय मधु अर्याल घाइते भएकोमा अर्थोपेडिक अस्पताल हेटौँडामा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले दुर्घटनापछि स्थानीयले मोबाइल गाडीमा ढुङ्गा हानेर क्षति गरेको जानकारी दिनुभयो ।

दुर्घटनापछि स्थानीय जम्मा भएर नाराबाजी गर्न थालेपछि बागमती प्रदेश प्रहरी गण हेटौँडाबाट ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट ५० जना प्रहरी  परिचालन गरिएको थियो । कार्कीका अनुसार जम्मा भएको भिडबाट प्रहार भएको ढुङ्गा लागेर प्रहरी जवानद्वय डम्बरसिंह कार्की र सुनिल थापालाई सामान्य चोट लागेको छ ।